Thursday, December 22, 2022

विद्यालयमा सूचना तथा सञ्चार प्रबिधिको प्रयोग

 विद्यालयमा सूचना तथा सञ्चार प्रबिधिको प्रयोग गर्न निम्न औजारहरुको ब्यवस्था मिलाउनु पर्दछ।यसकोलागि विद्यालय,पालिका,निर्देशनालय,शिक्षा तथा मानव श्रोत विकास केन्द्रको भूमिका प्रमुख रहेको हुन्छ। केही आवश्यक औजारहरुः

१)ल्यपटप

२)डेक्सटप

३)रेडियो

४)प्रोजेक्टर

५)पेन ड्राइभ

६)मोबाइल

७)ट्याबलेट

८)इमेल

९)इन्टरनेट

१०)डिभिडिहरु आदि।

यि सामग्रीहरु भएमा तलका वेब ठेगानाहरु प्रयो गर्न सक्नु हुन्छ।

1)https://pustakalaya.org/en

2)https://dlc.dwit.edu.np/

3)https://looma.website/home

4)https://learning.cehrd.edu.np/home

5)https://kullabs.org

6)https://www.wikipedia.org

7)https://www.slideshare.net

8)http://krghimire.blogspot.com

9)https://www.youtube.com/@krghimire/featured

यि माथिका वेब ठेगानहरु खोलने तरिकाको लागि https://www.youtube.com/@krghimire/featured खोलेर सब्सक्राइब गरेर  यस ठेगानामा रहेका भिडियोहरु खोलेर सहयोग लिनुहोस।


Competencies of Teachers

 

शिक्षकमा हुनु पर्ने सक्षमताहरु(Competencies of Teachers)

 

शिक्षा मन्त्रालयले शिक्षकका लागि आठवटा सक्षमता निर्धारण गरेको छ ।तात्कालिक  शैक्षिक जनशक्ति विकास केन्द्रले तयार पारेको शिक्षक सक्षमताको प्रारूप शिक्षामन्त्री अध्यक्ष रहेको शैक्षिक जनशक्ति विकास परिषद्ले स्वीकृत गरेको हो ।शिक्षामा गुणस्तर ल्याउनकालागि शिक्षकमा हुनु पर्ने आठवटा सक्षमता किटान गरिएको छ। शिक्षकमा हुनैपर्ने ८ सक्षमता :

१)विषयवस्तुको ज्ञान

२)शिक्षण सिकाइका तौरतरिकासम्बन्धी ज्ञान

३)बालबालिका सिकारुसम्बन्धी ज्ञान

४)सिकाइ वातावरण र कक्षा व्यवस्थापनसम्बन्धी ज्ञान

५)सञ्चार र सहकार्य

६)निरन्तर सिकाइ र पेसागत विकास

७)कानुनी आधार तथा पेसागत आचारसंहिता

८)सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ज्ञान रहेका छन् ।

 

शिक्षक सक्षमताको प्रारूप २०७२ अनुसार शिक्षकको सक्षमताहरु

सक्षमता १ : विषय वस्तुको ज्ञान (Content Knowledge)

विद्यार्थीहरूको सिकाइ आवश्यकतालाई सम्बोधन गर्न आफूले अध्यापन गर्ने विषयमा गहन ज्ञान भएको ।

·       सम्बन्धित विषय वस्तुमा गहन तथा अद्यावधिक ज्ञान,

·       सम्बन्धित विषयको अवधारणा, सिद्धान्त तथा आपसी सम्बन्धबारे जानकारी,

·       अध्यापन गर्ने विषयको पाठ्यक्रमको बनौटलगायत समग्र पक्षको,

·       ज्ञान तथा अन्य विषयसँगको अन्तरसम्बन्धको जानकारी,

·       विषय वस्तुको स्थानीय परिवेशसँगको सान्दर्भिकता सम्बन्धी ज्ञान ।

सक्षमता २ : शिक्षण सिकाइका तौर तरिका सम्बन्धी ज्ञान (Pedagogical Knowledge)

·       शिक्षण सिकाइ प्रक्रिया सम्बन्धी गहन ज्ञान भएको र सो ज्ञानलाई शिक्षण सिकाइमा उपयुक्त तवरले प्रयोग गर्न सक्षम ।

·       शिक्षण सिकाइका विभिन्न तौर तरिका तथा नवीनतम् शिक्षण प्रविधिमा अद्यावधिक ज्ञान,

·       पाठ्यक्रमका उद्देश्य तथा सक्षमताहरू हासिल गराउने गरी शैक्षणिक योजना र रणनीति तय गर्न,

·       विषय वस्तुको प्रकृति, विद्यार्थीको स्तर तथा वैयक्तिक भिन्नतालाई ख्याल गरी उपयुक्त शिक्षण विधिको छनोट गर्न,

·       सक्रिय सिकाइको लागि उपयुक्त शिक्षण विधि तथा सामग्रीको प्रयोग गरी सिकाइ सहजीकरण गर्न,

·       उपयुक्त साधनहरूको प्रयोग गरी सिकाइका विविध पक्षको मूल्याङ्कन गर्न, नतिजाको विश्लेषण गर्न तथा सोको उपयोग गर्न,

·       सिकाइ सुनिश्चितताका लागि निरन्तर विद्यार्थी मूल्याङ्कन गरी आवश्यकताअनुसार उपचारात्मक शिक्षण गर्न ।

सक्षमता ३ : बाल बालिका/सिकारु सम्बन्धी ज्ञान (Knowledge About Children/Learners)

·       बाल बालिकाहरूको विविध सिकाइ आवश्यकता पहिचान गरी सो अनुरूप शिक्षण गर्न सक्षम ।

·       बाल बालिकाहरूको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासको ज्ञान तथा त्यसको शिक्षणसँगको सम्बन्ध बारेमा जानकारी राखी उपयोग गर्न,

·       बाल बालिकामा भएको पूर्व ज्ञानको उचित आँकलन गरी नयाँ सिकाइसँग सम्बन्ध स्थापित गर्न,

·       सिकारुको भाषिक तथा सामाजिक, साँस्कृतिक मूल्य मान्यता र विविधताको पहिचान गरी सोको सम्मान गर्न,

·       प्रत्येक बाल बालिकाले सिक्ने अधिकार राख्छन् र सिक्न सक्छन् भन्ने कुराको आत्मसात गर्दै उच्च सिकाइको अपेक्षा गर्न,

·       बाल बालिकामा रहेको विशेष सिकाइ आवश्यकता तथा विशिष्ट क्षमताबारे जानकारी राखी उपयुक्त किसिमले सम्बोधन गर्न ।

सक्षमता ४ : सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन (Learning Environment and Classroom Management)

बालमैत्री सिकाइ वातावरणको सिर्जना गर्दै प्रभावकारी शिक्षण सिकाइका लागि कक्षा व्यवस्थापन गर्न सक्षम ।

·       सिकाइका निमित्त सुरक्षित, सहयोगात्मक र चुनौतीपूर्ण वातावरण सिर्जना गरी सक्रिय सहभागिता हासिल गर्न,

·       विद्यालयको समग्र विकासलाई ध्यान दिदै स्रोत र साधनको उपयुक्त व्यवस्थापन गरी बालमैत्री सिकाइ वातावरणको सिर्जना गर्न,

·       सबै सिकारुले रचनात्मक सिकाइ अवसर पाउने गरी आवश्यकताअनुसार समूहहरू परिचालन गर्न,

·       सकारात्मक अनुशासनमार्फत् सिकारुहरूबिच सहयोग तथा आपसी समझदारी कायम गरी आदर्श व्यवहारलाई प्रोत्साहित गर्न,

·       सिकारुलाई खोज तथा सिर्जना उन्मुख गराउनका लागि पुस्तकालय र सूचना प्रविधिको प्रयोग लगायत अन्य उपयुक्त साधन र अवसर उपलब्ध गराउन,

·       विषम परिस्थितिमा समेत कुशलतापूर्वक उपयुक्त वातावरण सिर्जना गरी सिकाइलाई निरन्तरता दिन ।

सक्षमता ५ : सञ्चार तथा सहकार्य (Communication and Collaboration)

विद्यार्थी, अभिभावक तथा शिक्षकहरूबिच प्रभावकारी सञ्चार र सहकार्य गर्न सक्षम ।

·       खोज, सहकार्य तथा अन्तकियाका निमित्त प्रभावकारी सञ्चार गर्न,

·       सिकारुलाई सिकाइप्रति उत्साहित बनाउन, विषय वस्तु स्पष्ट पार्न, निर्देशन अनुरूपको कार्यमा सहभागी गराउन तथा शैक्षणिक परामर्श दिन प्रभावकारी रूपमा सञ्चार गर्न,

·       पेसागत विकास र विद्यार्थी सिकाइ प्रवर्धनका लागि सहकर्मीहरूबिच अनुभव, पृष्ठपोषणको आदान प्रदान, आपसी सहयोग र सहकार्य गर्न,

·       सिकारुको शिक्षण सिकाइमा सहभागिता र शैक्षिक

·       उपलब्धि लगायतका विषयको अभिलेखन तथा सहयोगका लागि अभिभावकसँग छलफल परामर्श गर्न ।

सक्षमता ६ : निरन्तर सिकाइ र पेसागत विकास (Continuous Learning and Professional Development)

·       आफूमा भएको ज्ञान, सिप एवम् अनुभवको विश्लेषण गरी निरन्तर सिकाइ र पेसागत विकासको लागि प्रतिबद्ध ।

·       पेसागत विकासका अवसरहरूको खोजी गरी निरन्तर सिकाइमा संलग्न रहन,

·       आफूले सम्पन्न गरेका कामहरूको स्वप्रतिबिम्बन (Reflection) गरी निरन्तर सुधारको प्रक्रियामा संलग्न रहन,

·       आफ्नो विषय क्षेत्रमा भएका अध्ययन अनुसन्धानबारे जानकारी राख्ने तथा शिक्षण सिकाइ सुधारका निमित्त कार्यमूलक अनुसन्धान गर्न,

·       आपसी सहयोग र सहकार्यमार्फत आफ्ना अभ्यास र व्यवहारमा नवप्रवर्तन तथा सिर्जनशीलताको विकास गर्दै पेसागत उन्नयनमा योगदान दिन,

सक्षमता ७ : कानुनी आधार तथा पेसागत आचार सहिता (Legal Bases and Professional Conduct)

·       प्रचलित ऐन नियम तथा सामाजिक मूल्य मान्यता अनुकूल आदर्श पेसागत आचरण प्रदर्शन गर्दै आफ्नो जिम्मेवारी तथा उत्तरदायित्त्व वहन गर्न सक्षम ।

·       आफ्नो पेसाप्रति सम्मान र निष्ठाभाव राख्ने तथा उच्चतम् नैतिक व्यवहार प्रदर्शन गर्दै सार्वजनिक विश्वास आर्जन गर्न

·       प्रचलित ऐन, नियमावली, निर्देशिकाहरूअनुरूपको आदर्श आचरण प्रदर्शन गर्दै आफ्नो कार्य तथा व्यवहारको जिम्मेवारी लिन

·       पेसागत आचार संहिता र पदीय मर्यादा अनुकूल सबै बाल

·       बालिकाप्रति तटस्थ र सम्मानजनक व्यवहार प्रदर्शन गर्न तथा उहाँहरूको सर्वोत्तम् हितका लागि प्रतिबद्ध रहन,

·       सामाजिक मूल्य मान्यता र स्थानीय संस्कृतिप्रति सम्मान तथा भिन्न विचार र आस्थाप्रति सहिष्णु व्यवहार प्रदर्शन गर्न,

·       शिक्षा सम्बन्धी विश्वव्यापी मान्यताहरू (मानव अधिकार, बाल अधिकार, मौलिक हकका रूपमा शिक्षा, सबैका लागि शिक्षा आदि) प्रति सचेत रहँदै सोअनुकूल व्यवहार प्रदर्शन गर्न ।

सक्षमता ८ : सूचना तथा सञ्चार प्रविधि (Information and Communication Technology)

प्रभावकारी शिक्षण सिकाइका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्न सक्षम

·       सिकाइलाई सहजीकरण गर्न सूचना तथा सञ्चार प्रविधिको एकीकृत सिकाइ रणनीतिहरूको छनौट तथा उपयोग गर्न,

·       सिकारुका आवश्यकता अनुकूल डिजिटल सामग्री विकास गर्न तथा उपलब्ध सामग्रीको अनुकूलन गरी उपयोग गर्न,

·       सूचना प्रविधिका साधनमार्फत सिकारुहरूको स्वसिकाइ प्रवर्धन गर्न आपसी सञ्चार र सहकार्यलाई प्रभावकारी बनाउन,

·       सिकाइको मूल्याङ्कन र पृष्ठपोषण प्रदान गर्न सूचना तथा सञ्चार प्रविधिको उपयोग गर्न,

·       शिक्षामा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी नीति र डिजिटल संस्कृतिमा भएको विकासबारे परिचित हुँदै सो अनुकूल पेसागत व्यवहार पर्दशन गर्न ।

 

Sunday, July 10, 2022

राणाकालको कुरा

 भीमशम्शेरकी ‘सीता महारानी’को कथा

------------------------------------

श्री ३ बन्ने प्रतिक्षा गर्दा गर्दै २८ वर्षसम्म लगातार कमाण्डिङ अफिसर पदमा रहेका भीमशम्शेर अन्ततः आफूभन्दा मात्र दुई वर्षले जेठा श्री ३ चन्द्रशम्शेरको ६७ वर्षको उमेरमा देहान्त भएपछि ६५ वर्षको बुढो उमेरमा वि.सं. १९८६ मंसिर १० गते श्री ३ बन्ने सौभाग्य पाएका थिए । राणा श्री ३ हरूमा सम्भवतः सबैभन्दा बढी उमेरमा श्री ३ हुने नै भीमशम्शेर जङबहादुर राणा थिए । नेपालको इतिहासमै हेर्ने हो भने गिरिजाप्रसाद कोइराला सबैभन्दा बढी उमेरमा प्रधानमन्त्री हुनेमा पर्दछ । मुस्किलले ३ वर्ष पनि श्री ३ बन्न नपाएका भीमशम्शेरको कालगतिले नै १९८९ भदौ १७ मा देहान्त भएको थियो । राणा शासकहरूमा सोझो र बुढो प्रधानमन्त्री भीमशम्शेरको ब्याइते रानी कान्छा बडामहारानी थिइन् भने ल्याइतेमा सीता महारानी तथा गुन्जन महारानी थिइन् ।


सीता महारानीको कथा निकै रोचक छ । जेठी बडामहारानी बिमार हुँदा हेरविचार गर्न ल्याइएकी तामाङ केटी थिइन् डीला । भोजपुर सिमपानीकी ब्लोन तामाङ थरकी सीता भने त्यसबेलाको मुर्मी परिवारबाट पनि भाग्यमानीमा परेकी थिइन् । बुढो उमेरमा २४ वर्षकी डीला तामाङसँग विवाह गर्दा भीमशम्शेरले बडामहारानी बनाउने बचन दिएकी थिइन् । खासमा ल्याइतेलाई बडामहारानी बनाउन असम्भव थियो । तर आफै श्री ३ भएपछि कसको के लाग्थ्यो । जेठी रानीको देहान्त हुनासाथ बडामहारानी बनाइदिए । सीता महारानीका नाममा दरबार बनाइदिए । जसलाई टंगाल दरबार भनिन्छ, जहाँ बालमन्दिर रहेको छ । २०७२ को भूकम्पले जर्जर बनेको दरबार पूनःनिर्माणको प्रतीक्षामा छ । साथै, विवाह अगाडि नै सीता महारानीबाट जन्मने छोरीलाई युवराज महेन्द्रसँग विवाह गराइ भविष्यको रानी बनाउने समेत बचन दिएका थिए । राजा त्रिभुवन तैयार पनि भइसकेका थिए तर अचानक वि.सं. १९८९ भदौ १७ गते भीमशम्शेरको नै देहान्त भयो । जुद्ध शम्शेर श्री ३ बने । जुद्धले भीमको छोरी होइन आफ्नो नातिनीको विवाह युवराज महेन्द्रसँग गराइदिए ।


राणाशासकहरूमा दुई राणा श्री ३ का भने बाबुछोराले नै श्री ३ बन्ने सौभाग्य पाएका थिए । श्री ३ चन्द्रशम्शेर र उनका छोरा मोहनशम्शेर तथा श्री ३ भीमशम्शेर र उनका छोरा पद्धशम्शेरले श्री ३ बन्ने सौभाग्य पाए । भीमशम्शेरको मृत्युपछि श्री ३ बनेका जुद्धशम्शेरले भने रोलक्रममा फेरबदल गराए । ल्याइते सबैलाई रोलक्रमबाट हटाइदिए । जसले गर्दा भीमशम्शेरको ल्याइते दुई रानी नै अधिकारविहीन बने साथै उनका छोराहरू पनि सर्वश्वमा परे । भीमकी कान्छी रानी भने दरवारकी नर्तकी गुन्जन थिइन् । गुन्जनतर्फका छोराहरू पनि रोलक्रमबाट हटाइएका थिए ।


जुद्धशम्शेरले रोलक्रमबाट श्री ३ हुन लागेका रुद्रशम्शेरको साथै भीमशम्शेरको सीतामहारानीतिरका छोरा हिरण्यशम्शेर तथा प्रकाशशम्शेरलाई पनि सर्वस्व सहित निकालेर पठाए । कान्छी गुन्जन रानीतर्फका छोरा रामशम्शेरको साथै अन्य दासीपुत्रहरू पनि निष्काशित भए । साथै युवराज महेन्द्रसँग विवाह हुन लागेका दिव्येश्वरी राज्यलक्ष्मीको पछि भारत धरमपुरका महाराजा राजेन्द्रसिंहसँग तथा पिताम्बरी राज्यलक्ष्मीको पनि नेपालबाहिर नै विवाह भएको थियो ।


देशमा राणाशासनको पतनको लागि यही सर्वस्वहरणसहित भारतमा निर्वासनमा रहेका हिरण्यशम्शेर र प्रकाशशम्शेरका छोराहरू लागे । नेपाली काङ्ग्रेसलाई आर्थिक सहयोग गरेर देशभित्र विद्रोहको आवाज उठाए । हिरण्यशम्शेरका छोरा सुवर्णशम्शेर तथा प्रकाशशम्शेरका छोरा महावीर शम्शेरले आन्दोलनमा आर्थिक सहयोग गरेर देशमा राणाशासनको अन्त्य गर्न ठूलो भूमिका खेले । प्रकाशशम्शेरका छोरा महावीरशम्शेरले नेपालमा पहिलो हवाइजहाज सेवाको शुरुवात गरेका थिए । हिमालयन एभिएशनको नाममा नेपालमा पहिलो हवाइजहाज डिसी ३ उडेको थियो । पोखरा विमानस्थलमा पहिलो पटक विपी र गणेशमानसिंहलाई लिएर हिमालयन एभिएशनको विमान नै पोखरा पुगेको थियो ।


धनकुटामा बडाहाकिम बनाएर सर्वस्वहरणसहित निष्काशित भएका हिरण्यशम्शेरको कान्छी रानी ललिता राज्य लक्ष्मीको दरबार ललिता निवास पनि सर्वस्वमा परेको थियो । देशमा प्रजातन्त्र आएपछि राजा त्रिभुवनको समयमा श्री ३ मोहनशम्शेरले फिर्ता गराएका थिए । पछि २०१७ सालमा राजा महेन्द्रबाट फेरि ललिता निवास रहेको जमिन सरकारीकरण भयो । देशले गणतन्त्र पायो तर देशमा प्रजातन्त्र ल्याउन आफ्नो सर्वस्व गुमाएका सुवर्ण सुवर्णशम्शेरका सन्ततीले सुवर्णशम्शेरको रानीको नाममा रहेको ललिता निवासले चर्चेको जमिन फिर्ता पाएन । भूमाफियाको चंगुलमा फसेको यो बहुमुल्य जमिन आज अदालतको मुद्दामा अल्झेको छ ।


यता प्रकाशशम्शेरका छोरा महावीरशम्शेर प्रजातन्त्रपछि विभिन्न मन्त्रालय सम्हाल्दै मन्त्री बनेका थिए, तर पछि कलकत्तामा नै रमे । टाइगर सिनेमा, डलहौजी प्रोपर्टिज, हुमायूँ प्रोपर्टिज, हिमालयन एभिएशन, कलकत्ता क्लव तथा ‘क्लब ३००’का मालिक रहेका महावीरको सन्ततिको अहिले पनि कलकत्तामा ठूलो धनराशि लगानी रहेको छ ।


राजा त्रिभुवनको समय बिताउन क्लब ३०० मा रेष्टुरेन्ट सञ्चालन गरेका बोरिस लुसानोविच राजा त्रिभुवनको आग्रहमा काठमाडौं आए । रोयल होटलबाट पर्यटन ब्यवसायको शुरुवात गरेका बोरिस नेपालमा पर्यटन ब्यवसायका जनक हुन् ।


अब तस्बिरमा जाउँ । यहाँ प्रस्तुत गरिएको तस्बिर श्री ३ भीमशम्शेर तथा भारतका लागि चीनिया कन्सुलर जनरलको हो । चीनिया सरकारले श्री ३ भीमशम्शेरलाई आफ्नो देशको सर्वोच्च पदक ‘टुङ लिङ पिङ मा कुओ काङ वाङ’ तथा चीनिया सेनामा मानार्थ जनरलको पद दिएपछि सो हस्तान्तरण गर्न चीनिया प्रतिनिधि नेपाल आएका थिए । सो भ्रमणमा चीनिया कन्सुलर जनरल आफ्नो श्रीमती तथा छोराको साथ नेपाल भ्रमणमा आएका थिए ।

                              साभार                    -सुनिल उलक


२०७९ असार २६

Monday, January 24, 2022

TSC Questions for group Ga and Gha

 

1-Which of the following retains the information it’s storing when the power to the system is turned off?

(A) CPU  

(B) ROM

(C) RAM

(D) DIMM

Ans:B

2-A network of computers and other devices that is confined to a relatively small space is called?

(A) Wide Area Network

(B) Local Area Network

(C) Global Network

(D) Peer-to-Peer Network

 Ans:B

3-Every computer connected to the Internet is identified by a unique four-part string, known as

(A) IP address

(B) Host name

(C) Domain name

(D) None of the above

(Ans: A)

4-ENIAC was the first general-purpose electronic computer. ENIAC stands for

(A) Electronic Network Interactive Analytic Computer

(B) Electronic Numerical Integrator and Computer

(C) Electronic Network Integrated Analytical Computer

(D) Electronic Numerical Integrated Automatic Computer

(Ans: B)

 

5-Which of the following statement is correct?

(A) 1 KB = 1024 bytes

(B) 1 MB=2048 bytes

(C) 1 MB = 1000 kilobytes

(D) 1 KB = 1000 bytes

(Ans: A)

 

6-Which of the following memories must be refreshed many times per second?

(A) Static RAM

(B) Dynamic RAM

(C) EPROM

(D) ROM

(Ans: B)

 

7-.PNG refers to

(A) Image file

(B) Movie/animation file

(C) Audio file

(D) MS Office document

(Ans: A)

 

8-USB is a device used to store data and it stands for

(A) Unlimited Service Band

(B) Unlimited Serial Bus

(C) Universal Serial Bus

(D) Universal Service Bus

(Ans: C)

 

9- ______ is a technology that allows telephone calls to be made over computer networks like the Internet.

(A) VoIP

(B) GSM

(C) Modem

(D) CDMA

(Ans: A)

 

10-To identify TCP/IP errors such as connection problems ______ command can be used

(A) FTP

(B) Ping

(C) POP3

(D) STP

(Ans: B)

 

11-A program that runs in the background on your computer, sending information about your browsing habits to the company that installed it on your computer is called as

(A) Pop-ups

(B) Adware

(C) Grayware

(D) Spyware

(Ans: C)

 

12-Software is a set of programs, which is designed to perform a well defined function and there are two types of software, application and system. The following are all application software except for

(A) Microsoft Word

(B) Microsoft Excel

(C) Microsoft Power Point

(D) Microsoft Windows

(Ans: D)

 

13-1 Gigabyte (GB) is equal to

(A) 1024 bytes

(B) 1024 KB

(C) 1024 MB

(D) 1024 TB

(Ans: C)

 

14-The fourth generation computers are based on

(A) Transistor

(B) Integrated circuit

(C) VLSI microprocessor

(D) ULSI microprocessor

(Ans: C)

 

15-All the following are computer input devices except for

(A) Keyboard

(B) Printer

(C) Mouse

(D) Joy Stick

(Ans: B)

 

16-A CD-RW has a speed rating of 12x 10x 32x. What do the three numbers refer to in order?

(A) Write, rewrite, read

(B) Read, write, rewrite

(C) Rewrite, read, write

(D) Write, read, rewrite

(Ans: A)

 

17-The information stored in ______ is erased when the computer is turned off

(A) ROM

(B)  RAM

(C) BIOS

(D) CPU

(Ans: B)

 

18-Malware is the short form for malicious software and used to refer to

(A) Spyware

(B) Worm

(C) Virus

(D) All of the above

(Ans: D)

 

19-What is the best way to protect your hard drive data?

(A) Scanning

(B) Backup

(C) Defragmentation

(D) Delete junk

(Ans: B)

 

20-The following device is used to connect two systems using different protocols

(A) Modem

(B) Repeater

(C) Gateway

(D) Bridge

(Ans: C)

Life span of a battery 50?

 एक चिनियाँ स्टार्टअपले नयाँ ब्याट्री विकास गरेको छ, जसले ५० वर्षसम्म चार्ज वा मर्मत नगरी पावर उत्पादन गर्ने दाबी गरिएको छ । द इन्डिपेन्डेन्...