Monday, June 24, 2013

“शरदको रातमा टल्केकी माछापुच्छ्रेलाई देख्दा”

शरदको रातमा टल्केकी माछापुच्छ्रेलाई देख्दा
भदौको कडा घामले पोलेर पो हो कि
उ पछ्यौरा ओडेकी छ ।
अविरल वर्षाले थाकेर पो हो कि
उ बादले काउली फुलाएकी छ ।
भेल र बाढी भागेर पो हो कि
उ स्वच्छ फेवामा पौडेकि छ ।
शरदको आगमन देखेर पो हो कि
उसको शीर झलमलाएको छ।
शरदको परिवेस भित्र ,
फाँटहरु झुलेका छन ,
टाकुराहारु फुलेका छन ।
गगन खुलेको छ ,
रबि लुकेको छ ,
शशि झुल्केको छ।
उ त चाँदीको पर्खाल वनी ,
अन्नपूर्णको काखमा टल्केकि छ ।
पोखराको शीर वनी ,
आगन्तुकको तीर वनी,
सायद भदौको कडा घामले पोलेर पो हो कि
उ पछ्यौरा ओडेकि छ।

Monday, June 17, 2013

मेहनतकसलाई संदेश


मेहनतकसलाइ सन्देस
हुल हुल हिड्नु परेको छ
साँचो खोज्नकोलागि
जहाँ तिम्रो विश्वास कैदी बनेर रहेको छ।
एक्लै एक्लै हिड्नु परेको छ
विश्वास खोज्नकोलागि
जहाँ तिम्रो अधिकार खात लागेर रहेको छ।
विश्वास अडेको छ
तिम्रा सवल छातिहरुमा
कठोर मुड्किले फोड्न सक्ने छैनन्।
कलिलो युवाको संज्ञा दिने
चीसो सिरेठो आउने छ
मटु कमाउने जाडो बनेर
वास्तवमा,
तिमी त विस्वास लिएकाछौ
सुनौला विहानी आउँछ भनेर
विश्वास आशाको दियो रहेछ
जाँगर भित्रको जोश रहेछ
त्यसैले,
चुसाहाहरुले गालि दिंदा
साथीहरुले ताली दिंदा
युवाहरुले नवज्योति वाली दिंदा
उकुस मुकुसिएका उत्सुकताहरु
गर्जिरहेथे कालो वादलसंग
दोषी मादलसंग।
अव त,
उ पनि साथ दिने छ 
हातमा हात राखेर
पसिना चुहाउँदै
मेहनतको सागार वगाउदै
हिम्मतको पर्खाल लगाउदै।
हुल हुल हिड्नु परेको छ
साँचो खोज्नकोलागि
जहाँ तिम्रो विश्वास कैदी वनेर रहेको छ।

Life span of a battery 50?

 एक चिनियाँ स्टार्टअपले नयाँ ब्याट्री विकास गरेको छ, जसले ५० वर्षसम्म चार्ज वा मर्मत नगरी पावर उत्पादन गर्ने दाबी गरिएको छ । द इन्डिपेन्डेन्...