माइक्रोटिचिङ्ग म्याराथनMicro Teaching Marathon २०२०
माइक्रो टिचिङ्ग म्याराथन २०२० को कुरा गर्दा “माइक्रो टिचिङ्ग” भनेको के हो ? यो कहाँबाट सुरु भयो । यि प्रश्नहरुको जवाफ आवश्यक रहन्छ । माइक्रोटिचिङ्ग (Micro Teaching) भनेको शिक्षकको तालिम र संस्था विकास गर्ने प्रविधि हो । यसको सुरुवात अमेरिकी विश्वविद्यालय स्टानफोर्डमा सन् १९६३ बाटDweight W Allenले सुरु गरेका थिए । नेपालमा कोभिड–१९ ले देश बन्दाबन्दी र विद्यालयहरु बन्द रहदाँ NNTA का राष्ट्रिय अध्यक्ष श्री लक्ष्मण शर्माको परिकल्पनाबाट NNTA Ilam ले सुरु गरिएका शिक्षक तालिम तथा प्रविधि तालिमलाई माइक्रोटिचिङ्ग म्याराथन २०२० भनिन्छ । जसको प्रमुख उद्देश्य शिक्षण विधि र Technology प्रयोगमा सरलता ल्याउन नै हो । लक्ष्मण शर्माले नै यसलाई व्यवस्थित रुपमा मेची देखि महाकाली सम्म पुर्याउनको लागि आयोजक NNTA जिल्ला समिति रहने र शिक्षण विधि र प्रविधिमा सहयोग गर्न पेडागोजिकल ब्युरो गठन गरी त्यसको प्रमुखमा म केशवराज घिमिरेलाई नियुक्ति गर्नु भएको हो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनले शैक्षिक गुणस्तर कायम गर्न कार्य संचालनको सिलसिलामा शै.स २०७६ को अन्तमा कक्षा १–९ परीक्षा सकिए पछी एस.ई.ई २०७६ को परीक्षा सुरु हुनै लाग्दा कोभिड १९ को कारण विद्यालयहरु बन्द भए । देश वन्दावन्दीमा पुग्यो । नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिले ७७ वटै जिल्ला समितिहरु र ७ वटै प्रदेश समितिहरुलाई एस.ई.ई २०७६ परीक्षा हुन्छ भन्ने धारणामा वैकल्पिक विधिबाट आ–आफ्नो विद्यालयका विद्यार्थीहरुलाई सिकाई सहजीकरण सुरु गराइयो । यसको सँगै सँगै शैक्षिक सत्र २०७७ सुरु भयो । विद्यालयहरुले शैक्षिक सत्र २०७६ को परीक्षाफल प्रकाशित गर्न टेलिफोन, रेडियो , एफ.एम, टि.भि, फेसबुक ब्लगहरु, वेबसाइट आदिको प्रयोग गरियो ।
वैकल्पिक सिकाइ सहजीकरण गर्ने कार्यहरुमा फेसबुक, वेबसाइट, भाइबर, मेसेन्जर ग्रुप, एफ.एम, टि.भि च्यानलहरुबाट सुरु भयो । यसरी सहजीकरण हुँदा शिक्षणविधि प्रविधि, उपकरणहरु , एप्लिकेशनहरु कसरी प्रयोग गर्ने भन्ने कुराहरु राम्रो सँग जानकारी नहँुदा परेका कठीनाईहरुलाई समाधान गर्न ने.रा.शि.सं राष्ट्रिय समितिका अध्यक्ष श्री लक्ष्मण शर्माले पूर्व मेची देखि पश्चिम महाकाली सम्म शिक्षण विधि, प्रविधि, एप्लिकेशन कसरी सहज रुपमा प्रयोग गर्न कसरी सकिन्छ ? भन्ने कुरालाई ध्यान दिई ने. रा.शि.स. इलाम संग भच्र्युल मिटिङ सम्पन्न भयो । यस मिटिङमाNNTAइलामका अध्ययक्ष प्रकाश खनाल, सचिव लोक वहादुर थाम्सुहाङ, माई पोखरीNNTA अध्यक्ष खेम लिम्बु, म केशव राज घिमिरे र राष्ट्रिय समिति अध्यक्ष श्री लक्ष्मण शर्मा को निर्देशनमा माइक्रो टिचिङ म्यराथन २०२० नामाकरण र यसका उद्देश्य र कार्यविधि निर्माण गरियो । यस कार्य विधि निर्माण क्रममा पेडागोजिकल ब्युरो गठन गरियो । यस ब्युरोको अध्यक्षको रुपमा मैले काम गर्ने अवसर प्राप्त गरे ।
सबै भन्दा पहिले वि.स. २०७७ अषाढ ४ गतेबाट विधिवत रुपमा “माइक्रो टिचिङ्ग २०२०” को उदघाटन रा.स. अध्यक्ष श्री लक्ष्मण शर्माज्यूबाट सम्पन्न भयो । यस क्रममा लक्ष्मण शर्माज्यूबाट
नमूना कक्षा प्रस्तुति गर्नु भयो । दैनिक रुपमा ३ वटा १५ मिनेटको माइक्रो टिचिङ म्याराथन २०२० का कक्षाहरु संचालन भयो । जसमा एउटा माइक्रो टिचिङ पछि ३ जना समिक्षकहरुले पृष्ठपोषण दिने कार्य सुरु गरियो ।
यसमा सबै भन्दा पहिले इलामNNTA को ७ दिने कार्यक्रमको पूर्ण सफलता पछिNNTAमोरङमा माइक्रोटिचिङ म्याराथन २०२० संचालन गरियो । यस पछी झापाNNTA ले जिम्मा पायो । यसक्रममा पेडागोजिकल टिममा दुईजना साथीहरुलाई समावेश गरियो जसमाNNTA झापाका उपाध्यक्ष द्रोण श्रेष्ठ र मोरङका सह–सचिव रिता पाठकलाई थपि हामी ३ जनाले दैनिक प्रस्तुत हुने नमूना कक्षाहरु करीब २ घण्टा विहान र २ घण्टा बेलुका तयारी गर्ने कार्य सुरु भयो ।
तयारी कक्षाहरुमा प्रस्तुत गर्ने एप्लिकेशन, फन्टको साइज, समय, ध्वनि, रँग, स्लाइडका संख्या ब्याक ग्राउण्ड, भिडियो आदि कसरी व्यवस्थापन गर्ने कुरा स्पष्ट सिकाउने प्रयास गरियो । यि सबै सिङक्रोनान विधिहरु थिए । यसमा विद्युत, इन्टरनेट, गजेट, समयका समस्याहरु आउने गर्द थे । म विद्यालयको प्रधानाध्यापक र ने.रा.शै.सं गण्डकी प्रदेशको वरिष्ठ उपाध्यक्षको हैसियत मेरो विद्यालय खैरेनी मा.वि.मा कक्षा १ देखि कक्षा १२ सम्मका अनलाइन कक्षाहरु संचालन भइरहेको र विभिन्न जिललाका शिक्षक साथीहरुलाई जुमवाट कसरी कक्षा संचालन गर्ने भन्ने सहयोगी भच्यर्अुल कक्षाहरु संचालन गराइएकाले अनुभवहरु बढदै गए ।
जुमबाट कक्षा लिदा कक्षा छुटेका, समय नमिलेका, गेजेट नपाएका विद्यार्थीहरु लाई कसरी सहयोग गर्न सकिन्छ ? भन्ने कुराले धेरै नै समस्गाहरु थिए । जब फ्युज मेसिन नेपालका प्रमुख पराग श्रेष्ठ सँग भच्र्युअल कुराकानी हुने अवसर प्राप्त भयो । फ्युज मेसिन नेपालले शैक्षिक प्लेटफर्म उपलब्ध गराए पछि मेरो विद्यालय श्री खैरेनी मा.वि. शुक्लागण्डकी–६ पूर्ण रुपमा सिङक्रोनस र एसिङक्रोनस विधिमा संचालन भयो । जसमा सूचना, परीक्षा,गृहकार्य परीक्षाफल अनलाइनमा नै हुने अवसर प्राप्त भयो । यसको अनुभवले मलाई पेडागोजिकल व्युरो प्रमुख भई काम गर्ने क्रममा धेरै अनुभवहरु प्राप्त भए । यही क्रममा पाल्पा वाट श्री गोपाल प्रसाद वास्याल –तालिम प्रमुख, पाल्पा) र रुपन्देहीका शिक्षक श्री यज्ञ सापकोटालाई पेडागोजिकल व्युरोमा थपी ५ सदस्य बन्यो । हाम्रो काम ल्ल्त्ब् जिल्ला समितिहरुलाई उत्प्रेरणा दिने र माइक्रोटिचिङका डमी कक्षाहरु संचालन र सुधार गर्दै जाने क्रममा जिल्लाका धार्मिक, पर्यटकीय, शैक्षिक नमूनाहरु प्रस्तुत गर्ने गरिन्थ्यो । यस क्रममा ने.रा.शि.स. राष्ट्रिय समितिले १००० क्षमताको जुम खरिद गरि आर्थिक जिममा लिएको थियो ।माइक्रो टिचिङ म्याराथन २०२० संचालन गर्ने नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिहरु निम्न रहेका छन् ः
१. इलाम
२. मोरङ
३. झापा
४. पाल्पा
५. रुपन्देही
६. बाँके
७. कास्की
८. सुर्खेत
९. कपिलवस्तु
१०. चितवन
११. रौतहट
१२. काभ्रे
१३. सिन्धुपाल्चोक
१४. धादिङ
१५. कन्चनपूर
माइक्रो टिचिङ म्याराथन २०२० जम्मा १०४ दिन संचालन हुदा सिकिएका पाठहरुलाई निम्न ४ वुँदामा प्रस्तुत गरेको छु ।
१. शिक्षकलाइ डिजिटल तालिम
२. विद्यार्थीहरुलाई डिजिटलाइजेशन
३. शिक्षक विद्यार्थी र अभिभावकहरुको भूमिका परिवर्तन
४. पाठ्यक्रमको संकुचन
शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विभाग शिक्षा विकास तथा समन्वय एकाई, नगर शिक्षा शाखा गाँउ शिक्षा शाखा, शैक्षिक तालिम केन्द्रहरु आदिले अनलाइन कक्षा कसरी संचालन गर्ने भन्ने तालिम विना शिक्षकले सो कार्य कसरी गर्न सक्छन् ? यसलाई मूर्तरुप दिन NNTAले चलाएकोMTM2020 ले शिक्षक लाई डिजिटल तालिम दिन सक्षम रहेको छ । दोश्रो बँुदा भने छलफल भएता पनि विद्यार्थीलाई डिजिटलाइजेशन गराउन धेरै कठीनाइ भयो । खैरेनी मा.वि.ले शिक्षकहरुलार्य ६ वटा ग्रुपमा विभाजन गरी २४ वटा स्थानहरुमा हप्तामा ३ दिन पठाई विद्यार्थीहरुलाई डिजिटल शिक्षा र अभिभावकलाई भूमिका परिवर्तन र विद्यार्थीको पनि भूमिका भिन्न हुने जानकारी दिदै उपकरण नहुनेलाई प्रतिवेदनात्मक शिक्षण सिकाइ सुरु गरियो ।NNTA ले आफ्नो पहलमा तोकिएको समयमा शैक्षिक सत्र पूरा गर्न र शिक्षण सिकाई क्रियाकलापहरु संचालन गर्ने भन्ने कार्यहरु भएका छन् ।
अन्तमाMTM2020 ले हरेक विद्यालयलाई क्ष्ऋत् मैत्री वनाउने कार्यको लागि निम्न ४ कार्यहरु पूरा गर्नु पर्दछ भन्ने शिक्षा दिएको छ ।
१. लागतको व्यवस्था Total cost
२. भौतिक संरचना निर्माण Physical Infrastructure
३. विज्ञ÷शिक्षकहरु विकास Development of experts
४. प्राविधिक सहयोग – Technical Support
सक्रिय जनशक्तिहरुले आ–आफ्नो विद्यालयमा गाँउ शिक्षा र नगर शिक्षा मार्फत सूचना तथा संचार प्रविधि प्रयोग गरी कक्षा संचालन गर्ने र कोभिड–१९ जस्ता महामारीमा भच्र्युअल स्कुल संचालन गर्न सकिन्छ । यसको बलियो प्रमाण खैरेनी मा.वि को Fuse Classroom हो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन, जिन्दावाद ।
शिक्षक एकता ,जिन्दावाद ।
No comments:
Post a Comment