“शरदको रातमा टल्केकी माछापुच्छ्रेलाई
देख्दा”
भदौको कडा घामले पोलेर पो हो किउ पछ्यौरा ओडेकी छ ।
अविरल वर्षाले थाकेर पो हो कि
उ बादले काउली फुलाएकी छ ।
भेल र बाढी भागेर पो हो कि
उ स्वच्छ फेवामा पौडेकि छ ।
शरदको आगमन देखेर पो हो कि
उसको शीर झलमलाएको छ।
शरदको परिवेस भित्र ,
फाँटहरु झुलेका छन ,
टाकुराहारु फुलेका छन ।
गगन खुलेको छ ,
रबि लुकेको छ ,
शशि झुल्केको छ।
उ त चाँदीको पर्खाल वनी ,
अन्नपूर्णको काखमा टल्केकि छ ।
पोखराको शीर वनी ,
आगन्तुकको तीर वनी,
सायद भदौको कडा घामले पोलेर पो हो कि
उ पछ्यौरा ओडेकि छ।
No comments:
Post a Comment