Monday, June 24, 2013

“शरदको रातमा टल्केकी माछापुच्छ्रेलाई देख्दा”

शरदको रातमा टल्केकी माछापुच्छ्रेलाई देख्दा
भदौको कडा घामले पोलेर पो हो कि
उ पछ्यौरा ओडेकी छ ।
अविरल वर्षाले थाकेर पो हो कि
उ बादले काउली फुलाएकी छ ।
भेल र बाढी भागेर पो हो कि
उ स्वच्छ फेवामा पौडेकि छ ।
शरदको आगमन देखेर पो हो कि
उसको शीर झलमलाएको छ।
शरदको परिवेस भित्र ,
फाँटहरु झुलेका छन ,
टाकुराहारु फुलेका छन ।
गगन खुलेको छ ,
रबि लुकेको छ ,
शशि झुल्केको छ।
उ त चाँदीको पर्खाल वनी ,
अन्नपूर्णको काखमा टल्केकि छ ।
पोखराको शीर वनी ,
आगन्तुकको तीर वनी,
सायद भदौको कडा घामले पोलेर पो हो कि
उ पछ्यौरा ओडेकि छ।

No comments:

Post a Comment

१० भाद्रको दैवी प्रकोप

पाँच शक्ति एकै पटक जोडिए ठूलो बाढी आयो।  केरुङ पुग्दासम्म बाढीले किन यति रौद्र रूप धारण गरेको थियो भन्ने बुझ्न यी पाँच कुरा एकै ठाउँमा जोडेर...