Monday, June 17, 2013

मेहनतकसलाई संदेश


मेहनतकसलाइ सन्देस
हुल हुल हिड्नु परेको छ
साँचो खोज्नकोलागि
जहाँ तिम्रो विश्वास कैदी बनेर रहेको छ।
एक्लै एक्लै हिड्नु परेको छ
विश्वास खोज्नकोलागि
जहाँ तिम्रो अधिकार खात लागेर रहेको छ।
विश्वास अडेको छ
तिम्रा सवल छातिहरुमा
कठोर मुड्किले फोड्न सक्ने छैनन्।
कलिलो युवाको संज्ञा दिने
चीसो सिरेठो आउने छ
मटु कमाउने जाडो बनेर
वास्तवमा,
तिमी त विस्वास लिएकाछौ
सुनौला विहानी आउँछ भनेर
विश्वास आशाको दियो रहेछ
जाँगर भित्रको जोश रहेछ
त्यसैले,
चुसाहाहरुले गालि दिंदा
साथीहरुले ताली दिंदा
युवाहरुले नवज्योति वाली दिंदा
उकुस मुकुसिएका उत्सुकताहरु
गर्जिरहेथे कालो वादलसंग
दोषी मादलसंग।
अव त,
उ पनि साथ दिने छ 
हातमा हात राखेर
पसिना चुहाउँदै
मेहनतको सागार वगाउदै
हिम्मतको पर्खाल लगाउदै।
हुल हुल हिड्नु परेको छ
साँचो खोज्नकोलागि
जहाँ तिम्रो विश्वास कैदी वनेर रहेको छ।

No comments:

Post a Comment

१० भाद्रको दैवी प्रकोप

पाँच शक्ति एकै पटक जोडिए ठूलो बाढी आयो।  केरुङ पुग्दासम्म बाढीले किन यति रौद्र रूप धारण गरेको थियो भन्ने बुझ्न यी पाँच कुरा एकै ठाउँमा जोडेर...