१.मेहनतकसलाई सन्देस
हुल हुल हिड्नु परेको छ
साँचो खोज्नकोलागि
जहाँ तिम्रो विश्वास कैदी बनेर रहेको छ।
एक्लै एक्लै हिड्नु परेको छ
विश्वास खोज्नकोलागि
जहाँ तिम्रो अधिकार खात लागेर रहेको छ।
विश्वास अडेको छ
तिम्रा सवल छातिहरुमा
कठोर मुड्किले फोड्न सक्ने छैनन्।
कलिलो युवाको संज्ञा दिने
चीसो सिरेठो आउने छ
मटु कमाउने जाडो बनेर
वास्तवमा,
तिमी त विस्वास लिएकाछौ
सुनौला विहानी आउँछ भनेर
विश्वास आशाको दियो रहेछ
जाँगर भित्रको जोश रहेछ
त्यसैले,
चुसाहाहरुले गालि दिंदा
साथीहरुले ताली दिंदा
युवाहरुले नवज्योति वाली दिंदा
उकुस मुकुसिएका उत्सुकताहरु
गर्जिरहेथे कालो वादलसंग
दोषी मादलसंग।
अव त,
उ पनि साथ दिने छ
हातमा हात राखेर
पसिना चुहाउँदै
मेहनतको सागार वगाउदै
हिम्मतको पर्खाल लगाउदै।
हुल हुल हिड्नु परेको छ
साँचो खोज्नकोलागि
जहाँ तिम्रो विश्वास कैदी वनेर रहेको छ।
२.“मनको साथी नपाए सम्म हुदैन रमाइलो”
मिरमिर पछि उज्यालो भयो भएन घमाइलो
यो मनको साथी नपाए सम्म हुदैन रमाइलो।
कुहिरो ढुँडी उडेर गयो आएन वसन्त
मनको त्रास वढेर आयो भएन एकान्त।
मनका कुरा हिमाल माथी हावाझैं चिसिए
एकान्त मनको सितल पवन राँकोमै मिसिए।
तापनि मेरो छल्केको मुटु सगरमाथामा
डुबुल्किमार्न खोजेको हुन्छ त्यो म्रित सागरमा।
म मस्किदिन्छु ति तिम्रो हाँसो मुस्केकै भरमा
ति हाँसो उडे त्यो सेतो ढुडि उडेझैं बगरमा।
म झस्किदिन्छु ढुङ्गाको चट्टान पुरानो चिहानमा
फर्केर फेरि आँउछु भन सुनौलो विहानमा।
खुसिले भन्छु यो मनभित्र आउनेछ घमाइलो
मनको साथी नपाए सम्म हुदैन रमाइलो।।
३।“शरदको रातमा टल्केकी माछापुच्छ्रेलाई देख्दा”
भदौको कडा घामले पोलेर पो हो कि
उ पछ्यौरा ओडेकी छ
अविरल वर्षाले थाकेर पो हो कि
उ बादले काउली फुलाएकी छ
भेल र बाढी भागेर पो हो कि
उ स्वच्छ फेवामा पौडेकि छ
शरदको आगमन देखेर पो हो कि
उसको शीर झलमलाएको छ।
शरदको परिवेस भित्र
फाँटहरु झुलेका छन
टाकुराहारु फुलेका छन
गगन खुलेको छ
रबि लुकेको छ
शशि झुल्केको छ।
उ त चाँदीको पर्खाल वनी
अन्नपूर्णको काखमा टल्केकि छ
पोखराको शीर वनी
आगन्तुकको तीर वनी,
सायद भदौको कडा घामले पोलेर पो हो कि
उ पछ्यौरा ओडेकि छ।
(केशवराज घिमिरे)
हुल हुल हिड्नु परेको छ
साँचो खोज्नकोलागि
जहाँ तिम्रो विश्वास कैदी बनेर रहेको छ।
एक्लै एक्लै हिड्नु परेको छ
विश्वास खोज्नकोलागि
जहाँ तिम्रो अधिकार खात लागेर रहेको छ।
विश्वास अडेको छ
तिम्रा सवल छातिहरुमा
कठोर मुड्किले फोड्न सक्ने छैनन्।
कलिलो युवाको संज्ञा दिने
चीसो सिरेठो आउने छ
मटु कमाउने जाडो बनेर
वास्तवमा,
तिमी त विस्वास लिएकाछौ
सुनौला विहानी आउँछ भनेर
विश्वास आशाको दियो रहेछ
जाँगर भित्रको जोश रहेछ
त्यसैले,
चुसाहाहरुले गालि दिंदा
साथीहरुले ताली दिंदा
युवाहरुले नवज्योति वाली दिंदा
उकुस मुकुसिएका उत्सुकताहरु
गर्जिरहेथे कालो वादलसंग
दोषी मादलसंग।
अव त,
उ पनि साथ दिने छ
हातमा हात राखेर
पसिना चुहाउँदै
मेहनतको सागार वगाउदै
हिम्मतको पर्खाल लगाउदै।
हुल हुल हिड्नु परेको छ
साँचो खोज्नकोलागि
जहाँ तिम्रो विश्वास कैदी वनेर रहेको छ।
२.“मनको साथी नपाए सम्म हुदैन रमाइलो”
मिरमिर पछि उज्यालो भयो भएन घमाइलो
यो मनको साथी नपाए सम्म हुदैन रमाइलो।
कुहिरो ढुँडी उडेर गयो आएन वसन्त
मनको त्रास वढेर आयो भएन एकान्त।
मनका कुरा हिमाल माथी हावाझैं चिसिए
एकान्त मनको सितल पवन राँकोमै मिसिए।
तापनि मेरो छल्केको मुटु सगरमाथामा
डुबुल्किमार्न खोजेको हुन्छ त्यो म्रित सागरमा।
म मस्किदिन्छु ति तिम्रो हाँसो मुस्केकै भरमा
ति हाँसो उडे त्यो सेतो ढुडि उडेझैं बगरमा।
म झस्किदिन्छु ढुङ्गाको चट्टान पुरानो चिहानमा
फर्केर फेरि आँउछु भन सुनौलो विहानमा।
खुसिले भन्छु यो मनभित्र आउनेछ घमाइलो
मनको साथी नपाए सम्म हुदैन रमाइलो।।
३।“शरदको रातमा टल्केकी माछापुच्छ्रेलाई देख्दा”
भदौको कडा घामले पोलेर पो हो कि
उ पछ्यौरा ओडेकी छ
अविरल वर्षाले थाकेर पो हो कि
उ बादले काउली फुलाएकी छ
भेल र बाढी भागेर पो हो कि
उ स्वच्छ फेवामा पौडेकि छ
शरदको आगमन देखेर पो हो कि
उसको शीर झलमलाएको छ।
शरदको परिवेस भित्र
फाँटहरु झुलेका छन
टाकुराहारु फुलेका छन
गगन खुलेको छ
रबि लुकेको छ
शशि झुल्केको छ।
उ त चाँदीको पर्खाल वनी
अन्नपूर्णको काखमा टल्केकि छ
पोखराको शीर वनी
आगन्तुकको तीर वनी,
सायद भदौको कडा घामले पोलेर पो हो कि
उ पछ्यौरा ओडेकि छ।
(केशवराज घिमिरे)
No comments:
Post a Comment