Thursday, January 18, 2024

Life span of a battery 50?

 एक चिनियाँ स्टार्टअपले नयाँ ब्याट्री विकास गरेको छ, जसले ५० वर्षसम्म चार्ज वा मर्मत नगरी पावर उत्पादन गर्ने दाबी गरिएको छ । द इन्डिपेन्डेन्टका अनुसार यो बेइजिङस्थित बेटाभोल्टले बनाएको परमाणु ब्याट्री हो। यद्यपि, परमाणुको मतलब यो होइन कि यसको आकार धेरै ठूलो छ।


समाचारमा थप भनिएको छ कि बेटाभोल्टले सिक्का भन्दा सानो मोड्युलमा ६३ आइसोटोपहरू निकाल्न सफल भएको छ। कम्पनीले परमाणु ऊर्जालाई लघुकरण गर्ने यो संसारको पहिलो ब्याट्री भएको बताइएको छ । अर्को पुस्ताको ब्याट्री परीक्षण भइरहेको छ। यो फोन र ड्रोन जस्ता व्यावसायिक उपकरणहरूको लागि ठूलो मात्रामा उत्पादन गरिनेछ।


‘बिटाभोल्ट परमाणु ऊर्जा ब्याट्रीहरूले एयरोस्पेस, एआई उपकरणहरू, चिकित्सा उपकरणहरू, माइक्रोप्रोसेसरहरू, उन्नत सेन्सरहरू, साना ड्रोनहरू र माइक्रो रोबोटहरू लगायतका उपकरणहरूको दीर्घकालीन आवश्यकताहरू पूरा गर्न सक्छन्,’ कम्पनीले एक प्रेस विज्ञप्तिमा भन्यो। समाचारमा अगाडी भनिएको छ, ‘यो नयाँ ऊर्जा उपकरणले चीनलाई एआई टेक्नोलोजी क्रान्तिको नयाँ चरणमा कर्भको अगाडि रहन मद्दत गर्नेछ।’


बनावटको बारेमा कुरा गर्दा ब्याट्रीको लम्बाइ १५ मिमी चौडाइ १५ मिमी र मोटाई ५ मिमि छ। भविष्यवादका अनुसार यो परमाणु आइसोटोप र हीरा अर्धचालकको वेफर पातलो तहबाट बनेको छ। आणविक ब्याट्रीहरूले हाल ३ भोल्टमा १०० माइक्रोवाट पावर उत्पादन गर्दछ। तर, सन् २०२५ सम्ममा १ वाटसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । बेटाभोल्टका अनुसार यसको विकिरणबाट मानिसलाई कुनै खतरा छैन। जसका कारण यसलाई पेसमेकर जस्ता मेडिकल उपकरणमा प्रयोग गर्न सकिन्छ।

Source: Kendrabindu Patrika.

Tuesday, October 24, 2023

वडा दशैं २०८०को शुभकामना।

 वडा दशैंको हार्दिक शुभकामना!!!

कुलमानको जस्तो काम होस

विनोद चौधरीको जस्तो दाम होस

बालेनको जस्तो साहस होस

मह जोडीको जस्तो सम्बन्ध होस

भगवान कोईरालाको जस्तो ज्ञान होस

महावीर पुनको जस्तो विज्ञान होस 

सन्दुक रूइतको जस्तो सम्मान होस

राजेश हमालको जस्तो सान होस

स्वामी खप्तडको जस्तो ध्यान होस। 

सबै सुख दुःखमा सामना गर्ने शक्ति मिलोस।

Sunday, August 6, 2023

Proposal for Four Days

 

स्वयम  सेवक   शिक्षकहरुको क्षमता अभिबृद्धि तथा शैक्षिक सामग्री  निर्माण  गोष्ठी

(शैक्षिक सामग्री निर्माण र प्रयोग बिधिबारेको कार्य पत्र )

 

शिक्षा तथा खेलकुद शाखा

आँबु  खैरेनी गाँउपालिका , तनहुँ

 

 

 

 

तालिम प्याकेज २०८०

 

(२०८०-०४-२१ देखि २०८०-०४-२४ सम्म)

 

 

प्रशिक्षक

 

केशवराज घिमिरे



पहिलो दिन(तिन वाट सत्रहरु)

१.परियोजना कार्य, मूल्याङ्कन र प्रश्न पत्र निर्माण

परियोजना कार्यसामान्य अर्थ
परियोजना कार्य (Project Work) ले सिकारुको सक्रिय सहभागितामा जोड दिन्छ । सिकारुलाई सक्रिय बनाई समूहमा काम गर्ने अवसर प्रदान गर्न र सामाजिक जीवनका यथार्थतालाई सिकाइको विषय बनाई सिकाइलाई सान्दर्भिक बनाउन उद्देश्यपरक रूपमा तयार गरिएका कार्यलाई नै परियोजना कार्य भनेर बुझने गरिन्छ । त्यसैले यसलाई प्रयोगात्मक अनुभव दिलाउने विधिका रूपमा पनि चिनिन्छ । शिक्षण विधिका रूपमा प्रयोग गर्दा यसलाई परियोजना विधिभन्ने गरिएको छ ।

परियोजना कार्य’को इतिहास
यसको स्पष्ट इतिहास केलाउन सजिलो छैन । अनुभवजन्य सिकाइका अर्थमा हेर्ने हो भने, पूर्व या पश्चिमी सभ्यतामा यस विधिको प्रयोग परापूर्वकाल देखि नै हुँदै आएको मात्र सकिन्छ । यसले खास विधिका रूपमा औपचारिक चिनारी पाएको भने धेरै भएको छैन । 'Encyclopedia of Education' का अनुसार जोन डिबेको शिक्षाको प्रगतिवादी दर्शनलाई व्यवहारमा उतार्ने गरी किलप्याट्रिकले सन् १९१८ मा पहिलो पटक' The Project Method' नामको एउटा लेख प्रकाशित गरेर यस विधिको औपचारिक नामकरण गरे । त्यस लेखमा उनले निश्चित उद्देश्य प्राप्तिका सन्दर्भमा विद्यार्थीलाई पूर्ण सहभागी बनाउने विधिका रूपमा ('Whole Hearted Purposeful Activity Proceeding in a Social Environment') परियोजनालाई चिनाएका छन् ।

उपयोग
विद्यालय–शिक्षाको सन्दर्भमा मूलतः तीन प्रयोजनका लागि ‘परियोजना विधि’ (Project Method) उपयोग हुनसक्ने देखिन्छः क) शिक्षण विधिका रूपमा (विद्यार्थी सहभागी हुने प्रोजेक्ट) ख) पेशागत विकास विधिका रूपमा (शिक्षक सहभागी हुने प्रोजेक्ट) र,ग) विद्यालय विकास का सन्दर्भमा (प्र.अ. लगायतका सरोकारवालाहरू सहभागी हुनसक्ने प्रोजेक्ट) । यस लेखमा चाहिँ हामी शिक्षण विधिका रूपमा, विद्यार्थी सहभागी हुने प्रोजेक्टमा नै केन्द्रित रहनेछौं ।

अपेक्षित उपलब्धि

विभित्र क्षेत्रबाट प्राप्त सिकाइलाई संश्लेषण गर्न र समीक्षात्मक तथा सिर्जनात्मक रूपमा वास्तविक जीवनमा त्यसको प्रयोग गर्ने सन्दर्भमा परियोजना कार्यलाई उपयोग गरेको पाइन्छ । तलका चार वटा सिकाइ उपलब्धिहरूमार्फत विद्यार्थीलाई जीवनभर निरन्तर सिक्न सक्ने बनाउने र परिआउने जस्तोसुकै चुनौतीको सामना गर्न सक्ने तुल्याउने अपेक्षा गरेको पाइन्छः

१.    ज्ञानको उपयोग पक्षः ज्ञानका विभित्र क्षेत्रहरूबीच संयोजन गरी ती सीपहरूलाई आफ्नो काममा उपयोग गर्ने ;
२.    सञ्चारः आफ्ना विचार लाई लिखित तथा मौखिक रूपमा प्रभाबकारी ढङ्गले सञ्चार गर्ने ;
३.    सहकार्यः साझा उद्देश्य हासिल गर्न समूहमा काम गर्दै सहकार्यको सीपको विकास गर्ने ;
४.    स्वतन्त्र सिकाइः आफैं स्वतन्त्र रूपमा सिक्न सक्ने; सिकाइको आत्म–प्रतिबिम्बन गर्ने तथा त्यसमा सुधार गर्न उपयुक्त कार्य गर्ने ।

 

मूल्याङ्कनः

सामान्य अर्थमा मूल्याङ्कन भनेको अवलोकन तथा अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा कुनै कार्यप्रति हेर्ने दृष्टिकोण वा मूल्य निर्धारण हो । यसले कुनै ठोस वस्तुको निर्णयका लागि आधार प्रदान गर्द छ । विद्यार्थी मूल्याङ्कन भनेको विद्यार्थीको पढाइमा के कस्तो सिकाइ उपलब्धि भयो वा उद्देश्य अनुसारको उपलब्धि प्राप्त भयो वा भएन भनी हेर्ने प्रक्रिया हो । यसलाई सरल भाषामा भन्ने हो भने पाठ्यक्रमले निर्धारण गरेका उद्देश्य अनुरुपका ज्ञान, सीप र व्यवहार विद्यार्थीले हासिल गरे गरेनन् वा कति मात्रामा हासिल गरे भनेर लेखाजोखा गर्ने कार्य नै विद्यार्थी मूल्याङ्कन हो ।

क्रियाकलाप नं १

कुनै एउटा पाठको परियोजना कार्य तयार पार्ने छन।

२.प्रश्न पत्र निर्माण गर्न आवश्यक सामग्रीहरूः

प्रश्न पत्र मूल्याङ्कनको एउटा साधन हो। प्रश्नहरु दुई प्रकारका हुन्छन।

१.    बस्तुगत प्रश्न

२.    विषयगत प्रश्न

बस्तुगत प्रश्न चार प्रकारका हुन्छन। खालिठाँउ भर,जोडा मिलाउ,ठिक बेठिक र बहुबैकल्पिक प्रश्न।त्यसै गरि विषयगत प्रश्न दुई प्रकारका हुन्छनः छोटो उत्तर आउने प्रश्न र निबन्धात्मक प्रश्न।

१.निर्देशिका

२.बिशिष्टिकरण तालिका

३.पाठ्यपुस्तक

४. प्रश्नका तहहरु KCAASE

क्रियाकलाप नं १

सहाभागीहरुले प्रशिक्षकको निर्देशनमा बस्तुगत प्रश्नहरु निर्माण गर्ने छन।

क्रियाकलाप नं २

सहाभागीहरुले प्रशिक्षकको निर्देशनमा बस्तुगत प्रश्नहरु निर्माण गर्ने छन।

क्रियाकलाप नं ३

सहभागिहरुले एक आपसमा बनाइएका प्रश्नहरु मूल्याङ्कन गर्ने छन।

 

 

दोश्रो दिन

३.शिक्षणमा आइसिटिको प्रयोग

 

!dfgj ;dfhdf 36]sf ljleGg 36gf, pknlAw tyf ;TotYo s'/fx¿sf] hfgsf/LnfO{ ;"rgf elgG5 .

@s'g} klg ;"rgfn] Pp6f ;Gb]z af]s]sf] x'G5 .

#;"rgf k7fpg] JolQmnfO{ k|]ifs / k|fKt ug]{ JolQmnfO{ k|fks elgG5 .

$k|]ifsn] s'g} klg dfWodsf] k|of]u u/]/ k|fks;Dd ;"rgf k7fp5 %k|]ifsb]lv k|fks;Dd ;"rgf k7fpgsf nflu lr7Lkq, kqklqsf, OG6/g]6, 6]lnkmf]g, /]l8of] cflb h:tf ljleGg ;fwgx¿ k|of]u ul/G5g\ .

 ^k|fksn] ;"rgf k|fKt u/]kl5 k|]ifsnfO{ tTsfn} k|ltlqmof lbg ;Sg] jf g;Sg] cfwf/df ;"rgfnfO{ Psf]xf]/f] jf bf]xf]/f] ;"rgfsf] ;fwg k|of]u ug'{kg]{ x'G5 .

;"rgfnfO{ ljleGg dfWodx¿ h:t} /]l8of], sDKo'6/, 6]lnkmf]g, 6]lnlehg cflbsf] dfWodn] ;+k|]if0f tyf k|;f/0f ug]{ k|lqmofnfO{ ;"rgf k|ljlw elgG5 .

 

विद्यालयको कक्षाकोठामा पहिला सिलोट, त्यसपछि चकबोर्ड हुँदै अहिले इन्टरेक्टिभ स्मार्ट बोर्ड प्रयोग हुन थालेको छ । सूचना, संचार र प्रबिधिको क्षेत्रमा आएको क्रान्तिले कक्षाकोठाको सिकाईमा आमूल परिवर्तन आएको छ। अहिले कक्षाकोठामा सामाजिक सन्जाल, क्लास ब्लगिङ र विकिस, पोड्कास्टिङ इन्टेरेक्टिभ ह्वाइटबोर्ड र विभिन्न मोबाइलका साधनहरु (सेल,डिजीटल ,एन्ड्रोएड र स्मार्टफोन) जस्ता नयाँ प्रबिधिहरु प्रयोग हुन थालेका छ्न् । तथापि सुचना तथा संचार प्रबिधिको सिकाइमा उपयुक्त र बैज्ञानिक प्रयोग हुन् सकेको देखिदैन् । सहज पहुँच पुगेको छैन् । केही निजी र सम्पन्न सरकारी बिद्यालयमा मात्र प्रयोग भएको देखिन्छ ।

माइकल फूलानले स्ट्राटोस्फेयर नामक पुस्तकमा अर्थपूर्ण सिकाइका लागि प्रबिधि, न्यू पेडागोजी र परिवर्तित ज्ञानको योगलाई मानेका छ्न् । अहिलेको समयमा कक्षाकोठा प्रबिधि मैत्रीपूर्ण हुनु पहिलो शर्त हो भने शिक्षण सिकाइमा मेसिन, मेन, मेडिया मेथड, मेटेरियलस् जस्ता विभिन्न प्रविधिहरुको सान्दर्भिक प्रयोग हुनु बान्छनिय छ ।

सरकार र अन्य सघँसस्थाहरुले डिजिटल कक्षाको बिकासमा लगानी गर्न थालेका छ्न् । विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले कक्षा ९ र १० को विज्ञान एवं गणितका डिजिटल कक्षाहरू बनाइसकेको छ । शिक्षा मन्त्रालयले पनि यस्ता कक्षाहरू बनाउनुका साथै सामुदायिक विद्यालयसम्म त्यसको पहुँच विस्तार गर्न कार्यक्रम अघि बढाइसकेको छ । कतिपय ठाउँमा आइटी ल्याब मार्फत सम्बोधन गरिदैछ । पाठयक्रम विकास केन्द्रले तयार पारेको कक्षा १ देखि १० सम्मको पाठयक्रम, पाठयपुस्तक र ‘टिचर गाइड’ समेत मोबाइल एपमै पाइन्छ ।  प्रदेश एकले केही बर्षमा पेपरलेस बिद्यालय बनाउने हिसावमा प्रबिधिको क्षेत्रमा अगाडी बढ्ने घोषणा गरेको छ ।

सूचना तथा प्रबिधिको महत्व

;"rgf k|ljlwsf] k|d'v kmfObf eGg' g} dflg;x¿nfO{ s'g} tYo, 36gf, pknlAw cflbsf] af/]df ;s];Dd l56f] hfgsf/L u/fpg' xf] . ;"rgfsf] k|s[ltsf cfwf/df sltko ;"rgfn] cem w]/} pknlAw xfl;n ug{ k|f]T;fxg u5{ eg] s'g} ;"rgfn] s'g} 36gf cem hl6n x'gaf6 /f]S5 . ;"rgf k|ljlwsf y'k|} dxTj tyf kmfObfx¿ x'g ;S5g\ . tLdWo] s]xL kmfObfx¿ lgDgfg';f/
5g\ M

 

-s_ dlxgf} tyf jiff}{ nfUg] 36gf tyf pknlAwsf] hfgsf/L If0fe/d} x'G5 .

-v_ a}ª\lsª\u, Jofkf/, pBf]uwGbf, Joj;fo, lzIff, cy{tGq cflb If]qsf] ljsf;df ;"rgf k|ljlwn] dxTjk"0f{ e"ldsf lgjf{x u/]sf] x'G5 .

-u_ s'g} 36gf, b'3{6gf, lg0f{o, v]ns'b, xf/ hLt cflbsf] hfgsf/L hgdfg;;Dd t'?Gt k'¥ofpg pkof]uL x'G5 .

-3_ ljBfnodf cleefjs, Joj:yfkg ;ldlt, lzIfs, ljBfyL{ cflb;Dd ljBfnosf ljleGg lg0f{o, k/LIff tyf glthf k|sfzg, labf;DaGwLsf] hfgsf/L u/fpg pkof]uL x'G5 .

-ª_  ;"rgf k|ljlwsf] ljsf;n] o; If]qdf nfUg] dflg;x¿n] hflu/ kfP/ cyf]{kfh{g ug'{sf ;fy} hLjgofkg ug]{ cfwf/zLnf tof/ ul/lbPsf] 5 .

-r_ ;"rgf k|ljlwsf] k|of]un] v'nf ljBfno, lzIfs tflnd cflbdf ax';ª\Vos JolQmx¿sf] kx'r a9fPsf] 5 .

-5_ /]l8of], 6]lnlehg, OG6/g]6, >Jo;ef, >Jo b[Zo;ef cflb ;fwg / k|ljlwsf] k|of]un] ;r]tgf hufpg,:jf:Yof]krf/ ug{, lzIf0f ug{ ;xh agfPsf] 5 .

 

 

क्रियाकलाप नं १

प्रशिक्षकको निर्देशिनमा आइसिटि उपकरण प्रयोग गरी सूक्ष्म कक्षा सन्चालन गर्ने छन।

क्रियाकलाप नं २

शिक्षणमा सूचना तथा सञ्चार प्रबिधिमा प्रयोग हुने कुनै ५ वटा औजारहरु र प्रयोग लेखनुहोस।

क्रियाकलाप नं ३

प्रशिक्षकको निर्देशिनमा आइसिटि उपकरण को लिष्ट तयार पार्ने छन,उपकरणको उपयोगिता लेखनेछन।

 

 

तेश्रो दिन

सहभागिहरुलाई प्रश्न पत्र दिइनेछ, वाँहाहरुको धारणा उत्तरहरुबाट लिइने छ। त्यसैको आधारमा अन्तरक्रियात्मक कार्य अगाडी बढाइने छ।यस कार्यक्रम पछि वा चार दिवशीय तालिम पुरा गरे पछि सहभागि शिक्षकहरुमा निम्न सक्षमताहरु बृद्दि हुनेछनः

१.शिक्षकका सक्षमताहरु र कक्षा कोठा ब्यवस्थापन सीपको विकास

२. पाठयोजना निर्माण ,शिक्षण बिधिहरुको प्रयोग

३. पाठ्यक्रमको परिचय र प्रयोग

४.शिक्षक निर्देशिकाको प्रयोग

५.शिक्षणमा आइसिटिको प्रयोग

६.परियोजना कार्य, मूल्याङ्कन र प्रश्न पत्र निर्माण

७.शिक्षकको  नेतृत्व विकास

 

४.शिक्षकका सक्षमताहरुः

सक्षमता १ : विषय वस्तुको ज्ञान (Content Knowledge)

विद्यार्थीहरूको सिकाइ आवश्यकतालाई सम्बोधन गर्न आफूले अध्यापन गर्ने विषयमा गहन ज्ञान भएको ।

·       सम्बन्धित विषय वस्तुमा गहन तथा अद्यावधिक ज्ञान,

·       सम्बन्धित विषयको अवधारणा, सिद्धान्त तथा आपसी सम्बन्धबारे जानकारी,

·       अध्यापन गर्ने विषयको पाठ्यक्रमको बनौटलगायत समग्र पक्षको,

·       ज्ञान तथा अन्य विषयसँगको अन्तरसम्बन्धको जानकारी,

·       विषय वस्तुको स्थानीय परिवेशसँगको सान्दर्भिकता सम्बन्धी ज्ञान ।

 

सक्षमता २ : शिक्षण सिकाइका तौर तरिका सम्बन्धी ज्ञान (Pedagogical Knowledge)

·       शिक्षण सिकाइ प्रक्रिया सम्बन्धी गहन ज्ञान भएको र सो ज्ञानलाई शिक्षण सिकाइमा उपयुक्त तवरले प्रयोग गर्न सक्षम ।

·       शिक्षण सिकाइका विभिन्न तौर तरिका तथा नवीनतम् शिक्षण प्रविधिमा अद्यावधिक ज्ञान,

·       पाठ्यक्रमका उद्देश्य तथा सक्षमताहरू हासिल गराउने गरी शैक्षणिक योजना र रणनीति तय गर्न,

·       विषय वस्तुको प्रकृति, विद्यार्थीको स्तर तथा वैयक्तिक भिन्नतालाई ख्याल गरी उपयुक्त शिक्षण विधिको छनोट गर्न,

·       सक्रिय सिकाइको लागि उपयुक्त शिक्षण विधि तथा सामग्रीको प्रयोग गरी सिकाइ सहजीकरण गर्न,

·       उपयुक्त साधनहरूको प्रयोग गरी सिकाइका विविध पक्षको मूल्याङ्कन गर्न, नतिजाको विश्लेषण गर्न तथा सोको उपयोग गर्न,

·       सिकाइ सुनिश्चितताका लागि निरन्तर विद्यार्थी मूल्याङ्कन गरी आवश्यकताअनुसार उपचारात्मक शिक्षण गर्न ।

 

सक्षमता ३ : बाल बालिका/सिकारु सम्बन्धी ज्ञान (Knowledge About Children/Learners)

·       बाल बालिकाहरूको विविध सिकाइ आवश्यकता पहिचान गरी सो अनुरूप शिक्षण गर्न सक्षम ।

·       बाल बालिकाहरूको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासको ज्ञान तथा त्यसको शिक्षणसँगको सम्बन्ध बारेमा जानकारी राखी उपयोग गर्न,

·       बाल बालिकामा भएको पूर्व ज्ञानको उचित आँकलन गरी नयाँ सिकाइसँग सम्बन्ध स्थापित गर्न,

·       सिकारुको भाषिक तथा सामाजिक, साँस्कृतिक मूल्य मान्यता र विविधताको पहिचान गरी सोको सम्मान गर्न,

·       प्रत्येक बाल बालिकाले सिक्ने अधिकार राख्छन् र सिक्न सक्छन् भन्ने कुराको आत्मसात गर्दै उच्च सिकाइको अपेक्षा गर्न,

·       बाल बालिकामा रहेको विशेष सिकाइ आवश्यकता तथा विशिष्ट क्षमताबारे जानकारी राखी उपयुक्त किसिमले सम्बोधन गर्न ।

 

सक्षमता ४ : सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन (Learning Environment and Classroom Management)

बालमैत्री सिकाइ वातावरणको सिर्जना गर्दै प्रभावकारी शिक्षण सिकाइका लागि कक्षा व्यवस्थापन गर्न सक्षम ।

·       सिकाइका निमित्त सुरक्षित, सहयोगात्मक र चुनौतीपूर्ण वातावरण सिर्जना गरी सक्रिय सहभागिता हासिल गर्न,

·       विद्यालयको समग्र विकासलाई ध्यान दिदै स्रोत र साधनको उपयुक्त व्यवस्थापन गरी बालमैत्री सिकाइ वातावरणको सिर्जना गर्न,

·       सबै सिकारुले रचनात्मक सिकाइ अवसर पाउने गरी आवश्यकताअनुसार समूहहरू परिचालन गर्न,

·       सकारात्मक अनुशासनमार्फत् सिकारुहरूबिच सहयोग तथा आपसी समझदारी कायम गरी आदर्श व्यवहारलाई प्रोत्साहित गर्न,

·       सिकारुलाई खोज तथा सिर्जना उन्मुख गराउनका लागि पुस्तकालय र सूचना प्रविधिको प्रयोग लगायत अन्य उपयुक्त साधन र अवसर उपलब्ध गराउन,

·       विषम परिस्थितिमा समेत कुशलतापूर्वक उपयुक्त वातावरण सिर्जना गरी सिकाइलाई निरन्तरता दिन ।

सक्षमता ५ : सञ्चार तथा सहकार्य (Communication and Collaboration)

विद्यार्थी, अभिभावक तथा शिक्षकहरूबिच प्रभावकारी सञ्चार र सहकार्य गर्न सक्षम ।

·       खोज, सहकार्य तथा अन्तकियाका निमित्त प्रभावकारी सञ्चार गर्न,

·       सिकारुलाई सिकाइप्रति उत्साहित बनाउन, विषय वस्तु स्पष्ट पार्न, निर्देशन अनुरूपको कार्यमा सहभागी गराउन तथा शैक्षणिक परामर्श दिन प्रभावकारी रूपमा सञ्चार गर्न,

·       पेसागत विकास र विद्यार्थी सिकाइ प्रवर्धनका लागि सहकर्मीहरूबिच अनुभव, पृष्ठपोषणको आदान प्रदान, आपसी सहयोग र सहकार्य गर्न,

·       सिकारुको शिक्षण सिकाइमा सहभागिता र शैक्षिक

·       उपलब्धि लगायतका विषयको अभिलेखन तथा सहयोगका लागि अभिभावकसँग छलफल परामर्श गर्न ।

 

सक्षमता ६ : निरन्तर सिकाइ र पेसागत विकास (Continuous Learning and Professional Development)

·       आफूमा भएको ज्ञान, सिप एवम् अनुभवको विश्लेषण गरी निरन्तर सिकाइ र पेसागत विकासको लागि प्रतिबद्ध ।

·       पेसागत विकासका अवसरहरूको खोजी गरी निरन्तर सिकाइमा संलग्न रहन,

·       आफूले सम्पन्न गरेका कामहरूको स्वप्रतिबिम्बन (Reflection) गरी निरन्तर सुधारको प्रक्रियामा संलग्न रहन,

·       आफ्नो विषय क्षेत्रमा भएका अध्ययन अनुसन्धानबारे जानकारी राख्ने तथा शिक्षण सिकाइ सुधारका निमित्त कार्यमूलक अनुसन्धान गर्न,

·       आपसी सहयोग र सहकार्यमार्फत आफ्ना अभ्यास र व्यवहारमा नवप्रवर्तन तथा सिर्जनशीलताको विकास गर्दै पेसागत उन्नयनमा योगदान दिन,

 

सक्षमता ७ : कानुनी आधार तथा पेसागत आचार सहिता (Legal Bases and Professional Conduct)

·       प्रचलित ऐन नियम तथा सामाजिक मूल्य मान्यता अनुकूल आदर्श पेसागत आचरण प्रदर्शन गर्दै आफ्नो जिम्मेवारी तथा उत्तरदायित्त्व वहन गर्न सक्षम ।

·       आफ्नो पेसाप्रति सम्मान र निष्ठाभाव राख्ने तथा उच्चतम् नैतिक व्यवहार प्रदर्शन गर्दै सार्वजनिक विश्वास आर्जन गर्न

·       प्रचलित ऐन, नियमावली, निर्देशिकाहरूअनुरूपको आदर्श आचरण प्रदर्शन गर्दै आफ्नो कार्य तथा व्यवहारको जिम्मेवारी लिन

·       पेसागत आचार संहिता र पदीय मर्यादा अनुकूल सबै बाल

·       बालिकाप्रति तटस्थ र सम्मानजनक व्यवहार प्रदर्शन गर्न तथा उहाँहरूको सर्वोत्तम् हितका लागि प्रतिबद्ध रहन,

·       सामाजिक मूल्य मान्यता र स्थानीय संस्कृतिप्रति सम्मान तथा भिन्न विचार र आस्थाप्रति सहिष्णु व्यवहार प्रदर्शन गर्न,

·       शिक्षा सम्बन्धी विश्वव्यापी मान्यताहरू (मानव अधिकार, बाल अधिकार, मौलिक हकका रूपमा शिक्षा, सबैका लागि शिक्षा आदि) प्रति सचेत रहँदै सोअनुकूल व्यवहार प्रदर्शन गर्न ।

 

सक्षमता ८ : सूचना तथा सञ्चार प्रविधि (Information and Communication Technology)

प्रभावकारी शिक्षण सिकाइका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्न सक्षम

·       सिकाइलाई सहजीकरण गर्न सूचना तथा सञ्चार प्रविधिको एकीकृत सिकाइ रणनीतिहरूको छनौट तथा उपयोग गर्न,

·       सिकारुका आवश्यकता अनुकूल डिजिटल सामग्री विकास गर्न तथा उपलब्ध सामग्रीको अनुकूलन गरी उपयोग गर्न,

·       सूचना प्रविधिका साधनमार्फत सिकारुहरूको स्वसिकाइ प्रवर्धन गर्न आपसी सञ्चार र सहकार्यलाई प्रभावकारी बनाउन,

·       सिकाइको मूल्याङ्कन र पृष्ठपोषण प्रदान गर्न सूचना तथा सञ्चार प्रविधिको उपयोग गर्न,

·       शिक्षामा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी नीति र डिजिटल संस्कृतिमा भएको विकासबारे परिचित हुँदै सो अनुकूल पेसागत व्यवहार पर्दशन गर्न ।

https://www.slideshare.net/KeshavRajGhimire/docx-254994655

 

५.कक्षा कोठा ब्यवस्थापनः

सिकाइ सहजीकरण (शिक्षण) क्रियाकलापलाई बढी उपयोगी, बालमैत्री, समावेशी लैङ्कि मैत्री तथा प्रभावकारी बनाउन कक्षाकोठामा गरिने उचित व्यवस्थापन नै कक्षाकोठा व्यवस्थापन हो । यो सिकाइका लागि अति आवश्यक पक्ष हो ।

सिकाइ सहजीकरणको लागि कक्षाकोठा ब्यवस्थापन गर्दा उल्लेखित कुराहरुमा ध्यान पुराउन आवश्यक देखिन्छ ।

कक्षा वातावरण वृद्धि

शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरी सिकारुमा अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न कक्षाकोठा उपयुक्त र सान्दर्भिक हुनुपर्दछ । कक्षा वातावरण निर्माण भन्नाले प्रभावकारी शिक्षण सिकाइको लागि आवश्यक पर्ने सामग्रीहरूको रखाइ एवम् विद्यार्थीको बसाइ समेतलाई बुझ्नुपर्दछ । त्यसो त कक्षाकोठा उपयुक्त साइजको आनन्ददायी, शान्त, सफा र उपयुक्त प्रकाश एवम् हावाको व्यवस्था भएको भएमा पठन–पाठन कार्य सहजरूपमा सञ्चालित हुन सक्दछ ।

कक्षाकोठाको वातावरणले सम्पूर्ण त्यहाँका गतिविधिलाई प्रभावित पार्ने हुँदा भौतिक वातावरणको साथ–साथै शिक्षक र विद्यार्थीबीच असल मानवीय र सामाजिक सम्बन्ध सुदृढ गर्न पहल गर्नुपर्दछ । समग्रमा भन्दा शिक्षण सिकाइको लागि भौतिक, शैक्षिक, सामाजिक एवम् मनोवैज्ञानिक सम्बन्धलाई कक्षाकोठामा व्यवस्थित गर्नु नै कक्षा वातावरण निर्माण गर्नु हो ।

वातावरण निर्माणमा ध्यान दिन आवश्यक कुरा :

—    सिकारुको व्यक्तिगत भिन्नतालाई ख्याल गरी सोहीअनुरूप कक्षा क्रियाकलापमा सहभागी गराउने

—    स्वच्छ शैक्षिक प्रतिस्पर्धा गराइ सिकाइप्रति उत्सुक बनाउने

—    शैक्षिक सामग्रीको छनौट, सङ्कलन एवम् निर्माणमा सिकारुको क्रियाशिलताको अभिवृद्धि गर्ने

—    शिक्षक र विद्यार्थीबीचको समन्वयात्मक सम्बन्ध विकास गर्न निष्पक्ष ढङ्गले व्यवहार गर्ने

—    हरेक सिकारुको जिज्ञासालाई महŒव दिई समाधानतर्फ अगाडि बढ्ने

—    राम्रो तयारीको साथ शिक्षक कक्षाकोठामा प्रवेश गर्ने

—    कुनै पनि विद्यार्थीले शिक्षकको कमी– कमजोरी पत्ता लगाएमा त्यसलाई सहजरूपमा लिई यस्तो कार्यमा सिकारुलाई प्रोत्साहित गर्ने, आदि ।

कक्षाकोठाको भौतिक वातावरण निर्माण

शिक्षण सिकाइ–क्रियााकलाप सञ्चालन गरिने औपचारिक स्थल विद्यालय भएकोले यो उपयुक्त र सुविधायुक्त हुनुपर्दछ । यसको सोझो अर्थ विद्यालय भौतिकरूपमा सम्पन्न भएको हुनुपर्दछ । कक्षाकोठाको भौतिक वातावरणअन्तर्गत निम्न पक्षहरू समावेश भएको हुुनुपर्दछ :

—    उपयुक्त विद्यालय भवन (Appropriate school building)

—    उपयुक्त आकारको कक्षाकोठा (Appropriate size of classroom)

—    कक्षाकोठामा प्रकाश  (Lighting of classroom)

—    कक्षाकोठामा हावा (Ventilation of classroom)

—    तापक्रम (Temperature)

—    कक्षाकोठाको सरसफाइ (Sanitation of classroom)

—    फर्निचर व्यवस्थापन (Furniture management)

—    शैक्षिक सामग्रीको व्यवस्थापन (Management of instructional materials)

—    कक्षाकोठाको सजावट (Decoration of classroom)

—    चकबोर्डको रखाइ (Chalk board management)

—    बसाइ व्यवस्था (Seating arrangement)

—    क्रियाकलाप व्यवस्था (Activities management)

समग्रमा भन्दा कक्षाकोठाको वातावरण वृद्धि  (Enhancing classroom climate) भन्नुको तात्पर्य कक्षा शिक्षणलाई प्रभावकारी र उपयोगी बनाउन अवलम्बन गरिने विविध क्रियाकलापहरूको सही ढङ्गले बन्दोबस्त मिलाउनु हो । कक्षाकोठाको वातावरण वृद्धिबाट निम्न फाइदाहरू प्राप्त गर्न सकिन्छ –

बाल–बालिकाको आत्मविश्वस र स्वाभिमानको विकास गराउनु

शैक्षणिक व्यवस्थापन सही रूपमा गरिएको खण्डमा त्यहाँ राम्रो शैक्षिक वातावरणको सृजना  हुन्छ । यस्तो अवस्थामा स्वाभाविक रूपमा सिकारुलाई आफै केही गरेर देखाऊ भन्ने भावना जागृत हुन्छ जसलाई आत्मविश्वासको विकास भन्न सकिन्छ । आत्माविश्वासको खास अर्थ सिकारुमा सिकाइप्रति आकर्षण बढ्नु पनि हो । कक्षाकोठाको वातावरण शिक्षण–सिकाइ–क्रियाकलापको लागि अनुकूल भएको अवस्थामा बालबालिकाहरू आत्मविश्वासी भई आफ्नो कार्यमा दत्तचित्त हुन्छन् र उनीहरूमा स्वाभिमानीपूर्वक गरेर सिक्ने (Learning by doing) भावनाको विकास हुन्छ । यसरी कक्षाकोठाको वातावरण वृद्धिबाट बाल–बालिकाहरूले स्वतन्त्र ढङ्गले सहजरूपमा शिक्षण सिकाइ–क्रियाकलापमा सहभागी हुने अवसर प्राप्त गर्न सक्ने हुँदा प्रभावकरी शिक्षणको लागि यसलाई एक अत्यावश्यक पक्षको रूपमा लिन सकिन्छ ।

कक्षाकोठा व्यवस्थापन भनेको के हो? कक्षाकोठा व्यवस्थापन गर्दा ध्यान दिनुपर्ने मुख्य पक्षहरू उल्लेख गर्नुहोस्।

 

शिक्षण सिकाइ संचालन हुने कक्षाकोठालाई भौतिक, मानसिक र शैक्षिक रुपले व्यवस्थित बनाउनुलाई कक्षाकोठा व्यवस्थापन भनिन्छ। कक्षालाई रमाइलो, आकर्षक र व्यवस्थित बनाई कक्षाको भौतिक व्यवस्थापन अनुकुल शिक्षण गर्नु कक्षा व्यवस्थापन हो। शिक्षण सिकाईको कार्यथलो कक्षाकोठा हो। जब सम्म कक्षाकोठालाई बिद्यार्थीका लागि उपयुक्त बनाउन सकिदैन तब सम्म अर्थपूर्ण सिकाई हुन सक्दैन। कक्षाकोठाभित्र सिक्नका लागि उपयुक्त वातावरण सिर्जना गर्ने कार्य नै सहि अर्थमा कक्षाकोठा व्यवस्थापन हो। परम्परागत कक्षाकोठा व्यवस्थापनमा शान्त र चुपचाप बसेर शिक्षकले भनेका कुरा सुन्ने खालको मान्यता थियो तर आधुनिक मान्यता अनुसार कक्षाकोठा व्यवस्थापनले सिकाइ उपलब्धि हासिल गर्ने माध्यमका रूपमा लिइन्छ। यश मान्यता अनुसार शिक्षण सिकाइका लागि विद्यार्थीका क्रियाकलाप व्यवस्थित गर्ने र कक्षाकोठालाई सिकाइका लागि अनुकुल भौतिक प्रबन्ध गर्ने कार्य नै कक्षाकोठा व्यवस्थापन हो।

शिक्षण सिकाइ प्रक्रियालाई सिकाई अनुकुल, विद्यार्थी केन्द्रित र सहज कक्षाकोठा व्यवस्थापन आवश्यक हुन्छ। कक्षाकोठा व्यवस्थापनका पक्षहरू निम्न अनुसार उल्लेख गरिएको छ।

💋शैक्षिक सामाग्रीको उचित व्यवस्थापन

💋बालमैत्री शिक्षण क्रियाकलाप

💋बसाइको उपयुक्त व्यवस्था

💋कक्षा अनुशासन

💋विद्यार्थीका सामाग्री राख्ने व्यवस्था

💋कक्षाकोठामा उपयुक्त सजावट

💋रमाइलो वातावरण

💋हेरचाह र सुरक्षा व्यवस्था

क्रियाकलाप नं १

सहभागिहरुले शिक्षकका सक्षमताको तालिका बनाउनु हुनेछ।कक्षा कोठा ब्यवस्थापन कसरी गरिन्छ भन्ने सामूहिक प्रश्तुति गराइने छ।

चौथो दिन

 

६. पाठयोजना निर्माण ,शिक्षण बिधिहरुको प्रयोग

 

शिक्षकले कुनै एक विषयको कुनै एक पाठ शिक्षण गर्न वा कुनै एक पिरियड शिक्षण गर्न कक्षाकोठामा प्रवेश गर्नु अघि कक्षामा गएर के के कृयाकलाप सञ्चालन गर्ने ? के कस्ता उद्देश्य हासिल गराउने ? कुन कुन सिकाई सामग्रीको प्रयोग गर्ने ? कस्ता विधि प्रयोग गरी मूल्याङ्कन गर्ने ? विद्यार्थी उत्प्रेरणा जगाउन के गर्ने ? गृहकार्य के दिने ? भन्ने जस्ता प्रश्नको जवाफ आउने गरी निर्माण गरिने योजनालाई नै दैनिक पाठयोजना भनिन्छ । दैनिक पाठयोजनाका पाँच अङ्ग क्रमशः विशिष्ट उद्देश्य, सिकाई/शैक्षिक सामग्री, शिक्षण सिकाइ कृयाकलाप, मूल्याङ्कन र गृहकार्य हुन् । दैनिक पाठयोजनाका फाइदा तल दिइएको छ ।

शिक्षकले कक्षामा गर्ने शिक्षण सिकाइका गतिविधिलाई सुसंगठित र व्यवस्थित बनाउँछ ।

विद्यार्थीलाई के, किन, कसरी, कति शिक्षण गर्ने भन्ने वारेमा स्पष्ट मार्गनिर्देश गर्दछ ।

यसले शिक्षकमा आत्मविश्वास बढाउनुको साथै योजनाबद्ध रूपमा शिषण गर्ने बानीको विकास गराउँछ ।

शिक्षणलाई उद्देश्यमूलक, प्रभावकारी एवम् मनोरञ्जनात्मक रूपमा अघि बढाउन मद्दत गर्दछ ।

कक्षा शिक्षण र सिकाइको लागि निर्धारण गरिएको समयको अधिकतम उपयोग गर्न सघाउँछ ।

विद्यार्थीमा विश्वास र अनुशासनको भावना विकास गराउँछ ।विद्यार्थीमा पनि मेहनती बानीको विकास हुन्छ ।

कक्षामा गरिने कृयाकलापलाई सिलसिलेबार, क्रमबद्ध र सरलदेखि जटिलको क्रममा सञ्चालन गर्न मार्गनिर्देश गर्दछ ।

 

क्रियाकलाप नं १

कुनै एउटा पाठको पाठ योजना बनाइ सो अनुसार सूक्ष्म शिक्षण गराइनेछ।

क्रियाकलाप नं २

शिक्षण बिधिहरुको लिष्ट तयार पार्नेछन। कुनै बिधिको बर्णन गर्नेछन।

७. पाठ्यक्रमको परिचय र प्रयोग

सिकारुको सर्वाङ्गीण पक्षको विकासका लागि तयार गरिएको शैक्षिक, शैक्षणिक योजना, कार्यक्रम तथा अनुभवहरूको सङ्गठनात्मक स्वरुप नै पाठ्यक्रम हो । सिकारुको शारीरिक, बौद्धिक, सामाजिक, नैतिक, आध्यात्मिक तथा सौन्दर्यात्मक विकासको आवश्यकताले पाठ्यक्रम निर्धारण गर्दछ ।

यसकारण पाठ्यक्रमको प्रमुख तत्व नै सिकारु हो । यसका लागि सिकारुले विद्यालयभित्र तथा बाहिरका विभिन्न माध्यमबाट अपेक्षित अनुभव तथा उपलब्धि हासिल गर्दछन् भने शिक्षक, विद्यालय तथा अन्य सरोकारवालाले सिकाइको उपयुक्त वातावरण सिर्जना गर्ने गर्दछन् ।

पाठ्यक्रम विभिन्न ढाँचामा विकास गरिएको हुन्छ, जस्तै, विषयगत, एकीकृत, बृहत् क्षेत्रमा आधारित, जीवनोपयोगी, मुख्य, समस्या समाधान, क्रियाकलाप केन्द्रित, लुप्त आदि । पाठ्यक्रम विकास गर्दा व्यक्तिगत आवश्यकता, सामाजिक तथा सांस्कृतिक सन्दर्भ, मूल्य सम्बन्धी आवश्यकता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश आदिको समेत विश्लेषण गरिएको हुन्छ । दार्शनिक, ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पक्षलाई पाठ्यक्रमको मुख्य आधारको रूपमा लिइन्छ ।

नेपालमा अवलम्बन गरिएको पाठ्यक्रमको ढाँचा
नेपालको विद्यालय तहमा सक्षमतामा आधारित पाठ्यक्रम विकास गरी कार्यान्वयन गरिएको छ । सञ्चार, अन्तरवैयक्तिक सम्बन्ध, स्वव्यवस्थापन, तार्किकता र समस्या समाधानलाई आधारभूत सक्षमताको रूपमा लिइएको छ । सिकारुको दैनिक जीवनयापनलाई सहज बनाउन, अनुकूलित भइरहन र व्यावसायिक क्षेत्रमा आवश्यक पर्ने ज्ञान, सीप, अभिवृत्ति, मूल्य र काम गर्ने तत्परतालाई व्यावहारिक रूपले उपयोग गर्न सक्ने बनाउने गरी विकास गरिएको पाठ्यक्रमलाई सक्षमतामा आधारित पाठ्यक्रमको रूपमा परिभाषित गरिएको छ । सक्षमतामा आधारित पाठ्यक्रम विकास गर्दा बालबालिकाको संज्ञानात्मक, भावनात्मक, मनोक्रियात्मक क्षेत्र, बहुबौद्धिकता, सर्वाङ्गीण बालविकास, बालकेन्द्रित विकासात्मक पद्धति, एकीकृत सिद्धान्त, समावेशी सिद्धान्त, स्थानीय आवश्यकता र खोज तथा अनुसन्धान जस्ता पाठ्यक्रम विकासका सैद्धान्तिक आधारलाई ध्यान दिइएको छ ।

सक्षमतामा आधारित पाठ्यक्रम आवश्यक पर्नुका कारण

  • तहगत शिक्षाको प्राप्ति पश्चात् व्यक्तिगत सामाजिक व्यवहार तथा सामूहिक जीवनपद्धति र परिवर्तित सन्दर्भ समेतमा आफूलाई समायोजन गर्ने सामथ्र्य प्राप्त गर्न
  • विद्यार्थीको उमेर, विकासको स्तर, सिकाइको अवस्था, शिक्षण सिकाइ क्रियाकलाप र मूल्याङ्कन समेतलाई आधार मानी व्यवहारमुखी ज्ञान तथा सीप विकासलाई ध्यान दिन
  • विद्यार्थीको उमेर अनुसार आफ्नोे जीवनमा के कस्ता कार्यहरू सम्पन्न गर्न सक्छन् भन्ने पक्षलाई सम्बोधन गर्न
  • विद्यार्थी मूल्याङ्कन पद्धतिले लक्षित सक्षमता हासिल गर्न सके नसकेको यकिन गरी उपचारात्मक शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न
  • विविध प्रकारका मापनयोग्य साधन प्रयोग गरी स्पष्ट रूपमा यकिन गर्न सकिने सक्षमता तय गर्न
  • निर्दिष्ट सक्षमताको प्राप्ति र तिनको व्यावहारिक उपयोगमा केन्द्रित हुन
  • कार्यमूलक सीपको प्राप्ति, नतिजामुखी प्रतिफल र व्यवहार उन्मुख ज्ञान, सीप तथा अभिवृत्ति विकास गर्न

सक्षमतामा आधारित भई बनेको नेपालको पहिलो पाठ्यक्रम आधारभूत शिक्षा पाठ्यक्रम (कक्षा ६–८) २०६९ हो । तत्पश्चात् विकास गरिएका माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ (कक्षा ९–१०) र आधारभूत तह (कक्षा १–३) को पाठ्यक्रम, २०७५ पनि सक्षमतामा आधारित भई बनेका हुन् भने हाल कक्षा–४ देखि ८ सम्मको पाठ्यक्रम समेत सक्षमतामा आधारित रहेर विकास (२०७६) भइरहेको छ । सक्षमताहरू पूरा गर्नको लागि पाठ्यक्रम सिकाइ उपलब्धिहरू निर्धारण गरिएका छन् । तिनको उद्देश्य विद्यार्थीलाई तोकिएको विषयमा सक्षम बनाउनु हो ।

नेपालमा हाल कक्षा–१ देखि ३ सम्मको पाठ्यक्रमलाई एकीकृत ढाँचामा विकास गरिएको छ । एकीकृत पाठ्यक्रम विकास गर्दा विषयगत, बहुविषयगत र अन्तरविषयक पद्धति अँगालिएको छ । बहुविषयगत क्षेत्र अन्तर्गत नेपाली, गणित, अंग्रेजी र हाम्रो सेरोफेरो रहेका छन् । हाम्रो सेरोफेरो विषय क्षेत्रलाई अन्तर विषयगत पद्धतिबाट एकीकृत गरिएको छ । त्यस अन्तर्गत सामाजिक अध्ययन, सिर्जनात्मक कला, विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षाका विषयवस्तुलाई एकीकरण गरिएको छ । कक्षा–४ देखि १२ सम्म आंशिक एकीकरण र विषयगत तथा मुख्य पाठ्यक्रमको रूपमा विकास गरिएको छ ।

पाठ्यक्रममा शिक्षाको उद्देश्य, सक्षमता, पाठ्यक्रमको ढाँचा, पठनपाठनको समयावधि, वैकल्पिक शिक्षा पद्धति, सिकाइ सहजीकरण प्रक्रिया, विद्यार्थी मूल्याङ्कन प्रक्रिया समेटिएको हुन्छ । विषयगत पाठ्यक्रममा परिचय, तहगत सक्षमता, कक्षागत सिकाइ उपलब्धि र विषयवस्तु, विषयवस्तुको क्षेत्र तथा क्रम, सिकाइ सहजीकरण प्रक्रिया, विद्यार्थी मूल्याङ्कन प्रक्रिया (सैद्धान्तिक र प्रयोगात्मक) पनि दिइएको हुन्छ । पाठ्यक्रम साधन र साध्य दुवै हो । पाठ्यपुस्तक, शिक्षक निर्देशिका तथा सन्दर्भ सामग्रीहरू भने साधन मात्र हुन् । तसर्थ शिक्षकले पाठ्यक्रमको महत्वलाई बिर्सनुहुँदैन । विद्यालयमा गरिने हरेक क्रियाकलापमा पाठ्यक्रमलाई मुख्य आधार बनाउनुपर्छ । पाठ्यक्रमको प्रयोगलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

(क) स्थानीय पाठ्यक्रम विकासमा राष्ट्रिय पाठ्यक्रमको प्रयोग
नेपालमा पाठ्यक्रमको विकास राष्ट्रिय र स्थानीय गरी दुवै प्रकारले हुने गरेको छ । मुख्य विषयका पाठ्यक्रम राष्ट्रिय स्तरमा पाठ्यक्रम विकास केन्द्रले तयार गर्दछ भने स्थानीय विषय तथा मातृभाषाको पाठ्यक्रम स्थानीय तहमा तयार गरी कार्यान्वयन गरिन्छ । स्थानीय तहमा निर्माण गरिने पाठ्यक्रमको विकास र प्रयोगमा शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूलाई राष्ट्रिय पाठ्यक्रमले निम्न पक्षमा सहयोग गर्दछ:

  • पाठ्यक्रम विकास गर्दा आवश्यकता पहिचान गर्ने तरिका अवगत गराउन
  • पाठ्यक्रम निर्माण गर्ने प्रक्रिया तथा चरणहरूको जानकारी दिन
  • पाठ्यक्रममा सक्षमता, सिकाइ उपलब्धि, विषयवस्तुको छनोट र सङ्गठन गर्ने सीपसँग परिचित गराउन
  • पाठ्यक्रमका क्षेत्रगत पक्षहरूलाई दिइने पाठ्यभार (सैद्धान्तिक र प्रयोगात्मक) को जानकारी दिन
  • सिकाइ सहजीकरणका तरिका र विधिहरूको जानकारी दिई उपयुक्त तरिका र विधिको छनोट र पहिचान गर्ने सीपको विकास गर्न
  • विद्यार्थीको मूल्याङ्कन गर्ने तरिकाको जानकारी दिई उपयुक्त साधनहरूको विकास गरी प्रयोग गर्न
  • सिकाइ उपलब्धिको मापनको लागि विशिष्टीकरण तालिका निर्माण गर्ने तरिकाको जानकारी दिन
  • पाठ्यक्रम निर्माण गर्ने सीपको विकास गर्न

(ख) सिकाइ सहजीकरणमा पाठ्यक्रमको प्रयोग
पाठ्यक्रममा संलग्न सिकाइ उपलब्धिहरू प्रत्येक शिक्षकको मन मस्तिष्कमा रहनुपर्छ । एक दक्ष र सक्षम शिक्षकले पठनपाठन हुने दिनमा मैले विद्यार्थीमा हासिल गराउनुपर्ने सिकाइ उपलब्धि यो हो भन्न सक्नुपर्छ ताकि सिकाइ सहजीकरण क्रियाकलापका माध्यमबाट विद्यार्थीलाई सोही सिकाइ उपलब्धि हासिल गराउन सक्षम होउन् । यसले नै विद्यार्थीको सिकाइ उपलब्धि हासिल गर्ने दर अभिवृद्धि गर्छ र समग्रमा विद्यार्थीको उपलब्धिको स्तर उच्च रहन्छ । सिकाइ सहजीकरणमा पाठ्यक्रमको प्रयोग निम्नानुसार हुन सक्छ:

  • शिक्षक, सिकारु तथा व्यवस्थापकलाई मापनयोग्य योजना र संरचना प्रदान गर्न
  • शिक्षकलाई सिकारुले हासिल गर्नुपर्ने सक्षमता, सिकाइ उपलब्धि, मापदण्ड र मूल्याङ्कन गर्ने तरिकाको जानकारी दिन
  • सिकारुलाई अर्को तह वा कक्षामा प्रवेश गर्नुभन्दा पहिले के के उपलब्धि हासिल गर्नुपर्छ भन्ने कुराको जानकारी दिन
  • शिक्षक र विद्यार्थीको प्राज्ञिक सफलताको मार्ग सुनिश्चित गर्न
  • शिक्षकलाई कुन कक्षाका सिकारुका लागि कुन–कुन विषयवस्तु र सिकाइ उपलब्धि तथा सीप प्रदान गर्नुपर्छ भन्ने कुराको जानकारी दिन
  • शिक्षकलाई दैनिक पाठयोजनामा समावेश गर्न सकिने उद्देश्यहरू निर्माण गर्न र पूरा गराउन सहयोग गर्न
  • कुन तह र कक्षामा कुन–कुन सक्षमता, सिकाइ उपलब्धि र विषयवस्तु तथा क्षेत्रहरू छन् भन्ने कुराको जानकारी दिन
  • कुन विषय अन्तर्गतका विषयवस्तुको क्षेत्रको लागि कति पाठ्यभार (सैद्धान्तिक र प्रयोगात्मक) दिइएको छ भन्ने कुराको जानकारी दिन
  • शिक्षकलाई पाठ्यभार अनुसारको विषयवस्तु समयमै सहजीकरण गर्न
  • विषयगत रूपमा सहजीकरण गर्नका लागि अपनाउन सकिने तरिका र विधिहरूको जानकारी गराउन र विषयवस्तुको प्रकृति अनुसारको तरिका र विधि चयन गर्ने सीपको विकास गराउन
  • विद्यार्थीको सिकाइ उपलब्धि हासिल गर्ने दर अभिवृद्धि गर्न
  • पाठ्यक्रममा दिइएको विशिष्टीकरण तालिकाले सिकाइ सहजीकरणको क्रममा विद्यार्थीलाई सोध्न सकिने प्रश्न तथा क्रियाकलापहरू चयन गर्न
  • सिकारूको स्तर पहिचान गरी वैयक्तिक शिक्षण गर्न ।

(ग) विद्यार्थी मूल्याङ्कनमा पाठ्यक्रमको प्रयोग

  • विद्यार्थीले सिकाइ उपलब्धि पूरा गरे नगरेको लेखाजोखा गर्ने साधनको जानकारी हुन
  • विद्यार्थीको सैद्धान्तिक र प्रयोगात्मक मूल्याङ्कनको भार पहिचान गर्न
  • विद्यार्थीको मूल्याङ्कन गर्ने तरिका र प्रक्रियासित परिचित हुन
  • सैद्धान्तिक पक्षको मूल्याङ्कन गर्ने साधन (ग्रिड अर्थात् विशिष्टीकरण तालिका) को जानकारी लिई सिकाइ सहजीकरण र आवधिक मूल्याङ्कन गर्ने प्रक्रियामा अवगत हुन्
  • विद्यार्थीलाई विभिन्न क्षेत्र र तह अनुसारका प्रश्न निर्माण गरी मूल्याङ्कनमा तिनको प्रयोग गर्न
  • प्रयोगात्मक मूल्याङ्कन गर्ने तरिका, ग्रिडमा जानकारी भई सोही अनुरूप सिकाइ सहजीकरण गर्न
  • मूल्याङ्कन गर्ने उपयुक्त तरिका अवलम्बन गर्न
  • विद्यार्थीको सिकाइ सुधारको लागि उपयुक्त मूल्याङ्कनका साधनको विकास गर्ने सीपको विकास गर्न ।

पाठ्यक्रम प्रयोग गर्ने तरिका
मुख्यतः पाठ्यक्रमलाई व्यावहारिक उद्देश्य निर्धारण गर्न, सिकाइ सहजीकरण क्रियाकलापहरूको विकास गर्न र विद्यार्थीको मूल्याङ्कन गर्नमा प्रयोग गरिन्छ । यसका अलावा निम्न ढङ्गबाट पनि पाठ्यक्रमको प्रयोग गर्न सकिन्छ:

  • पाठ्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सर्वप्रथम वार्षिक कार्ययोजना÷वार्षिक शैक्षणिक योजना तयार गर्ने र उक्त योजनामा प्रत्येक महीनामा पढाइ हुने दिन, एकाइ, पाठ, अनुमानित पाठ्यघन्टी, सिकाइ उपलब्धि, सिकाइ सामग्री तथा मूल्याङ्कनको तरिका उल्लेख गर्ने
  • विस्तृत पाठ्यक्रम कार्यान्वयन कार्ययोजना तयार गर्ने जसमा एकाइगत वा पाठगत रूपमा सिकाइ गर्नका लागि समावेश गर्न सकिने सिकाइ उपलब्धि, सामग्री, विधि र तरिका तथा मूल्याङ्कनका तरिकाहरू समावेश गर्ने
  • दैनिक पाठयोजनामा निम्न पक्षहरू समावेश गर्ने

पाठ्यक्रमको सिकाइ उपलब्धि....
    
सिकाइ सहजीकरण गर्दा अपेक्षा गरिएको उपलब्धि वा विशिष्ट उद्देश्य ...
    
सिकाइ सहजीकरण: सामग्री, विधि र तरिका....
    
अपेक्षित उपलब्धि पूरा भए नभएको मूल्याङ्कनः निर्माणात्मक र निरन्तर विद्यार्थी मूल्याङ्कनका साधनहरू....
    (
प्रत्येक दिन सिकाइ सहजीकरण गर्दा पाठ्यक्रममा दिइएका... सिकाइ उपलब्धिहरूमध्ये आज हामी यो .... सिकाइ उपलब्धि पूरा गर्दैछौं भन्ने कुराको जानकारी दिने ।)

  • परीक्षा बाहेकका मूल्याङ्कनका साधनहरूको विकास गरी आवश्यकता अनुसार प्रयोग गर्ने
  • प्रत्येक थिम वा एकाइ वा पाठको सहजीकरण पश्चात् परिमार्जित ब्लुमको टेक्सोनोमी अनुसार तयार गरिएको ग्रिड अनुसार सबै तहका प्रश्नहरू निर्माण गरी लिखित परीक्षा लिने र उत्तरपुस्तिका परीक्षणपश्चात् विद्यार्थीलाई पृष्ठपोषण सहित उत्तरपुस्तिका फिर्ता गर्ने
  • पाठ्यक्रममा दिइए अनुसारका प्रयोगात्मक क्रियाकलाप तथा परियोजना कार्यहरू गराउने र आवश्यकता अनुसार थप क्रियाकलापहरू गराई अभिलेखीकरण गर्ने/गर्न लगाउने ।

निष्कर्ष
पाठ्यक्रम समग्र सिकाइ प्रक्रियाको मुटु हो । यो सिकाइ सहजीकरण र शैक्षिक तथा शैक्षणिक उपलब्धि सुनिश्चित गर्ने योजना र प्रक्रिया हो । पाठ्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पाठ्यसामग्रीहरू (पाठ्यपुस्तक, शिक्षक निर्देशिका लगायत) को आवश्यकता अनुसार प्रयोग गर्नुपर्ने हुन्छ । पाठ्यक्रमको प्रयोग स्वयं पाठ्यक्रमको विकासमा, सिकाइ सहजीकरण प्रक्रियामा, विद्यार्थीको मूल्याङ्कनमा गर्न सकिन्छ । पाठ्यक्रममा शिक्षाको राष्ट्रिय उद्देश्य, पठनपाठनको अवधि, पाठ्यक्रमको ढाँचा, सक्षमता, कार्यान्वयन योजना, सिकाइ उपलब्धि, सहजीकरण प्रक्रिया, पाठ्यभारको विभाजन, प्रयोगात्मक र सैद्धान्तिक मूल्याङ्कन प्रक्रिया समेत दिइएको हुने भएकाले पाठ्यक्रमलाई एक साध्यको रूपमा लिन सकिन्छ । तर सिकाइ प्रक्रियाको रूपमा भने यसलाई साधनको रूपमा लिन सकिन्छ ।

पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीहरूलाई पाठ्यक्रमले अपेक्षा गरेका उपलब्धि र सक्षमताहरू पूरा गर्ने साधनको रूपमा लिन सकिन्छ । एक असल शिक्षकले पाठ्यक्रमसँगै पाठ्यपुस्तक र शिक्षक निर्देशिका, सन्दर्भ सामग्रीको समेत अध्ययन गरी पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धिहरूलाई क्रमशः पूरा गराउन अपरिहार्य रूपमा पाठ्यक्रमको प्रयोग गर्नुपर्छ । पाठ्यक्रममा दिइएका प्रावधान अनुसार सिकाइ सहजीकरण र मूल्याङ्कन क्रियाकलाप सञ्चालन गर्दा विद्यार्थीको सिकाइ उपलब्धि अधिकतम रूपमा हासिल गराउन सकिन्छ । यी समग्र क्रियाकलापहरूले नै शिक्षाको गुणस्तरीयता निर्धारण गर्दछन् । गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने एक महत्वपूर्ण साध्य र साधनको रूपमा पाठ्यक्रमको प्रभावकारी रूपमा प्रयोग गर्नुपर्छ भन्ने कुरालाई कहिल्यै बिर्सनुहुँदैन ।

८.पाठ्यक्रम र पाठ्यपुस्तक

पाठ्यक्रमको परिचय, अवधारणा, उद्देश्य, क्षेत्र र क्रम

- पाठ्यक्रमको अवधारणाको प्रयोग सन् १९१८ मा वोविट्स (Bobbits) ले गरेका थिए । त्यस्तै सन् १९७२ मा लेविस एन्ड मील (Lewis and Miel) ले पाठ्यक्रमको बारेमा लेखरचनाहरु प्रकाशनमा ल्याए तापनि २० औं शताब्दीमा मात्र पाठ्यक्रमको अवधारणाको विकास र विस्तार प्रभावकारी रुपमा भएको पाइन्छ ।
-
परम्परागत धारणाअनुसार विद्यार्थीले कक्षाकोठाभित्र सिक्ने विषयको स्वरूप वा विद्यार्थीको चौतर्फी विकासका लागि चाहिने सबै अनुभवहरूलाई पाठ्यक्रम भनिन्छ ।
-
बालकलाई सिकाइने विषयबाट ल्याउन खोजिएको परिवर्तन, त्यसका उद्देश्य, उद्देश्य पूरा गर्नका लागि उनीहरूलाई दिइने अनुभव, शिक्षण विधि र उद्देश्य पूरा भए/भएनन् भनी गरिने मूल्याङ्कन पाठ्यक्रमअन्तर्गत नै पर्दछन् ।
-
विद्यार्थीको रुचि, आवश्यकता र क्षमताअनुसार ज्ञान, सीप र व्यवहार सिकाइ शैक्षिक कार्यक्रमलाई व्यवस्थित र योजनाबद्ध ढङ्गले सञ्चालन गरी तोकिएका उद्देश्य पूरा गर्नका लागि बनाइएको विस्तृत योजना पनि पाठ्यक्रम हो ।
- "
पाठ्यक्रम भनेको विद्यार्थीलाई ज्ञान, सीप र व्यवहार सिकाउने उद्देश्य, विषय, विधि र मूल्याङ्कनका तरिका तोकेर तयार पारिएको व्यवस्थित योजना हो।"

पाठ्यक्रमको शाब्दिक अर्थ

- पाठ्यक्रम अंग्रेजी भाषाको 'Curriculum' को रुपान्तरण हो । Curriculum ल्याटिन भाषाको 'Currere' बाट बनेको हो जसको अर्थ धावन मार्ग भन्ने हुन्छ । यस दृष्टिले पाठ्यक्रमको अर्थ विद्यार्थीले आफ्नो लक्ष्य प्राप्तिका लागि अघि बढ्ने बाटो भन्ने हुन्छ ।
-
पाठ्यक्रमको शाब्दिक अर्थलाई दृष्टिगत गरी रोवर्ट रिच (Robert Wrich) लेख्दछन् - "Curriculum is a runway or course on which one runs to reach a goal."

Scopes of Curriculumपाठ्यक्रमको संकुचित अर्थ

- पाठ्यक्रमलाई पाठ्यपुस्तकका सूचीका रुपमा लिइनु संकुचित अर्थ हो ।
-"
एक शैक्षिक सत्रभरिमा शिक्षकले पढाउने विषयवस्तु वा पाठ्यांशलाई पाठ्यक्रम भनिन्छ ।
-
पाठ्यक्रमको संकुचित अवधारणालाई दृष्टिगत गरी Hair R Dougles भन्छन् - "Curriculum is a systematic arrangement of a number of courses into a unit group for a particular group of people."
-
विषयवस्तुको क्रमबद्ध र व्यवस्थित सूचीलाई पाठ्यक्रम भन्नु पाठ्यक्रमको संकुचित अर्थ हो ।

पाठ्यक्रमको व्यापक अर्थ

- बालकको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने ज्ञान, सीप र अनुभवको विस्तृत योजना नै पाठ्यक्रम हो । यसमा वास्तविक जीवन र सिकेका अनुभवबीच सामञ्जस्य ल्याउन विषयवस्तुलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, दार्शनिक पक्ष, शिक्षण विधि र मूल्याङ्कन प्रक्रिया समेत उल्लेख गरिएको हुन्छ ।
-
विद्यार्थीको ज्ञान, सीप र अनुभवसँग पाठ्यक्रमलाई सम्बन्धित देखाउनु व्यापक अर्थ हो । तसर्थ पाठ्यक्रमलाई शैक्षिक गतिविधिको मेरुदण्डको रुपमा लिन सकिन्छ ।
-
व्यापक तथा विस्तृत अर्थको रुपमा सिकारुको सैद्धान्तिक, व्यवहारिक तथा वैज्ञानिक ज्ञान, सीप र अभिवृत्तिको विकासका लागि गरिने संगठित एवं व्यवस्थित शैक्षिक कार्यक्रमलाई पाठ्यक्रम भनिन्छ । पाठ्यक्रमको व्यापक अर्थको व्याख्या गर्न तलको तालिका प्रयोग गर्न सकिन्छ :

 

- दिइएको चित्रमा मानिसको जीवनदर्शन, समाजको आवश्यकता र सिकाइ मनोविज्ञान तथा बालमनोविज्ञानको प्रभाव पाठ्यक्रममा पर्ने कुरा देखाइएको छ ।

- पाठ्यक्रममा शिक्षक, विद्यार्थी, विषयवस्तु र शिक्षण विधिका बीचको सम्बन्ध र अन्तक्रियालाई व्याख्या गरी विषयलाई विद्यार्थीसमक्ष पुयाउने माध्यम, विधि र मूल्याङ्कनका तरिका उल्लेख गरिएको हुन्छ ।

पाठ्यक्रममा शिक्षणसिकाइको व्यापक परिवेश समेटी बालकको सर्वाङ्गीण विकासका लागि आवश्यक ज्ञान र अनुभवको सङ्गठन, प्रभावकारी शिक्षण, सिकाइ उपलब्धिको मूल्याङ्कनजस्ता कुरा समेटी परिभाषित गरिन्छ भने त्यसलाई पाठ्यक्रमको व्यापक अर्थ भनिन्छ ।

क्रियाकलाप नं १

सहभागिहरुले पाठ्यक्रमको परिभाषा लेख्ने छन। कुनै पनि विषयको पाठ्यक्रम कसरी डाउनलोड गरी प्रयोग गर्ने भन्ने प्रक्रिया लेखने छन।

 

९.शिक्षक निर्देशिकाको प्रयोग

शिक्षक गाइडले शिक्षकको  सहायकको रूपमा काम  गर्दछ, जसमा शिक्षकहरू शिक्षण बिधिहरु पाठ्यक्रमहरू र  विद्यार्थीहरूलाई पाठ कसरी दिने भन्नेमा  तयार पारिएको हुन्छ ।

शिक्षकको गाईड, जसमा शैक्षिक सामग्रीहरूको सेट समावेश हुन्छ, विद्यार्थी र शिक्षकलाई मार्गदर्शन गर्ने र लक्ष्यहरू सरल तरिकामा प्रदान गर्न योगदान गर्ने निरन्तर सन्दर्भ हुनका लागि धेरै भाषा गाइडहरू हुन्, पाठ्यपुस्तक, पाठ्यपुस्तक। पालोले विद्यार्थीहरूलाई मार्गदर्शन गर्दछ र शिक्षकको मार्गदर्शकले शिक्षकलाई मार्गदर्शन गर्दछ र उहाँको सहयोगी बन्न सक्छ ताकि उसले उपयुक्त जानकारी प्रदान गर्न सकोस्।

गाइडको परिचय: शिक्षकले पाठ्यक्रममा समेटिएको दर्शनको आधारहरू प्रस्तुत गर्दछ, र पाठ्यक्रमका उद्देश्यहरू समावेश गर्दछ जबकि उद्देश्यहरूमा निहित आधारभूत स्रोतहरू उल्लेख गर्दै पाठ्यक्रम योजनाहरूमा शिक्षकको परिचय समावेश गर्दछ।

 

पाठ्यक्रम उद्देश्य -

 

पाठ्यक्रमका उद्देश्यहरू मुख्य स्रोतहरूको सन्दर्भमा समावेश गर्दछ जसबाट यी उद्देश्यहरू भंग भएका छन्।

 

पाठ्यपुस्तक सामग्री-

शिक्षकको गाइडले पाठ्यपुस्तकको सामग्रीलाई यसको सबै सुविधाहरू समावेश गर्दछ

 

विषयहरूमा प्रवेश -

यहाँ तिनीहरू स्कूल व्यवस्थापनको आधुनिक विधिहरूमा भर पर्छन् जुन प्रहार गर्ने परम्परागत विधिहरू र इन्डोक्ट्रिनेशनबाट टाढा छन् जुन नवाचारबाट टाढा जानकारीको साथ दिमाग भरेर भर पर्छन्।

 

शैक्षिक साधन -

यो सबैभन्दा महत्त्वपूर्ण तत्वहरू मध्ये एक हो तर यो शिक्षकको मार्गदर्शक निर्भर हुने आधार हो, र यसले बाँकी लक्ष्यहरू प्राप्त गर्नका लागि बाँकी तत्वहरूसँग अन्तरक्रिया गर्दछ।

 

सहयोगी गतिविधिहरु -

र यो एक हो जसले पाठ्यक्रमको साथ हातमा जान्छ र लक्ष्य प्राप्त गर्दछ

 

पात्रो-

र यो सिकाउनेहरूका लागि धेरै महत्त्वपूर्ण तत्व हो, जुन एक प्रमुख तत्व हो

 

सामान्य पाठ-

पेसामा नयाँ शिक्षक र अनुभवीको दैनिक पाठ योजनाको रूपमा लिइन्छ

 

आधुनिक विश्वव्यापी प्रवृत्ति -

आफ्नो करियरको क्रममा, पाठ्यक्रम र शिक्षण विधिको क्षेत्रमा सबै नयाँ जान्ने शिक्षकले सबैभन्दा महत्त्वपूर्ण नयाँ प्रवृत्तिहरूको संक्षिप्त प्रस्तुतीकरण र मार्गदर्शन गर्न सकिने अनुसन्धान र अध्ययनका नतिजाहरू समावेश गर्न शिक्षक गाइड तयार गर्नुपर्छ। पाठ्यक्रमको कार्यान्वयनलाई सम्बोधन गर्ने।

७.शिक्षकको  नेतृत्व विकास

सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रत्येक नागरिकको नैसर्गिक अधिकार भित्र पर्छ । यसको सुनिश्चितता गर्ने दायित्व सरकारको हुन्छ । गुणस्तरीय शिक्षाको सन्दर्भमा शिक्षकको भूमिका अहम् हुने गर्दछ ।

गुणस्तरीय शिक्षाका लागि शिक्षक योग्य, सक्षम, शैक्षणिक कलाकौशलले निपुण हुनु जरूरी हुन्छ । शिक्षक आफ्ना विद्यार्थीमा हुने विविधता अनुसार शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सक्षम हुनुपर्छ । यसका लागि विभिन्न उपाय अवलम्बन गरिंदै आइएको छ । शिक्षकलाई सुयोग्य बनाउनका लागि योग्यतामा आधारित पूर्व सेवाकालीन शिक्षक– शिक्षा, अनुभव तथा सिकाइ आवश्यकतामा आधारित सेवाकालीन तालिम, अनुसन्धानमा आधारित शिक्षण सिकाइ अवसर, सूचना सञ्चार तथा प्रविधिमा आधारित अन्य वैकल्पिक कार्यक्रम आदि सञ्चालन हुँदै आएका छन् । यी सबैलाई शिक्षकको पेशागत क्षमता विकासका रूपमा लिने गरिन्छ ।

नेपालमा शिक्षकको पेशागत विकास कार्यक्रम वि.सं. २०२८ को नयाँ शिक्षा योजनाको कार्यान्वयनदेखि नै निरन्तर रूपमा सञ्चालन गरिंदै आइएको छ । औपचारिक, अनौपचारिक, पूर्व सेवाकालीन, सेवाकालीन, खुला तथा दूर सिकाइमा आधारित, सक्षमतामा आधारित र योग्यता अभिवृद्धिमा आधारित कार्यक्रमहरू मार्फत शिक्षकको पेशागत विकास कार्यक्रम सञ्चालन हुँदै आएका छन् । हाल कार्यान्वयनमा रहेको विद्यालय क्षेत्र विकास कार्यक्रमले पनि यसलाई महत्वका साथ अग्रसारित गरी पेशागत विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नेपालमा सरकारले शिक्षकको पेशागत विकासलाई महत्वका साथ कार्यान्वयन गर्दै आएको भए तापनि यो फलदायी भइरहेको छैन । तालिमप्राप्त शिक्षकहरूबाट समग्र शिक्षाको गुणस्तर कायम हुनसकेको छैन । हालै मात्र शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट सम्पन्न कक्षा५ को विद्यार्थी मूल्याङ्कनको नतिजाले पनि यसलाई पुष्ट्याइँ गरेको छ । यसबाट शिक्षकको पेशागत विकासलाई किन निरन्तरता दिने ? सिकाइमा सुधार हुन नसक्ने, तर निरन्तर रूपमा शिक्षकको पेशागत विकासमा लगानी गरिरहनुको के औचित्य छ ? लगानी किन खेर फाल्ने ? पाठ्यक्रमको सफल कार्यान्वयनका लागि हालको शिक्षकको पेशागत विकास कार्यक्रमलाई कसरी व्यवस्थित गर्ने ? जस्ता अनुत्तरित प्रश्नहरू हाम्रासामु रहेका छन् ।

शैक्षिक परिवर्तन र पेशागत विकास बीचको तालमेलमा समस्या/चुनौती
नेपालमा शिक्षकको पेशागत विकासको विकासक्रम केलाउँदा शैक्षिक परिवर्तन अनुसार शिक्षकको पेशागत विकासका कार्यक्रमहरू व्यवस्थित हुनसकेको पाइँदैन । शैक्षिक परिवर्तनका योजना तथा कार्यक्रमले अपेक्षा गरिए अनुसारका सिकाइ उपलब्धि हासिल गर्न सक्ने गरी शिक्षक व्यवस्थापन गर्न सकिन्छ वा सकिंदैन ? उनीहरूमा भएको पेशागत सक्षमता परिवर्तित योजना अनुसार शिक्षण गर्न पर्याप्त छ वा छैन ? परिवर्तनलाई सफल बनाउन शिक्षक तयारी कार्यक्रममा समसामयिक परिवर्तन गरी गुणस्तरीय शिक्षणका लागि योग्य जनशक्ति आपूर्ति हुन सक्छ वा सक्दैन ? ; भइरहेको शिक्षक समुदायलाई परिवर्तित योजनाको प्रारम्भबाट नै शिक्षण सिकाइ सञ्चालन गर्ने गरी सक्षम बनाउन सकिन्छ वा सकिंदैन ? हामीकहाँ यस्ता प्रश्नहरूको यथार्थ विश्लेषण गरी शिक्षक तयारी योजना एकसाथ कार्यान्वयन भएको अवस्था देखिंदैन ।

नयाँ शिक्षा पद्धतिको योजना (२०२८) ले व्यावसायिक तथा रोजगारमूलक शिक्षालाई प्राथमिकता दिए अनुसार पाठ्यक्रममा परिवर्तन गरियो । तर परिवर्तित ती पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक शिक्षकको पेशागत विकास गरी कार्यान्वयनमा जान सकिएन । फलतः सो शिक्षा योजनाले अपेक्षित उपलब्धि हासिल गर्न सकेन । यसैगरी प्रतिनिधिमूलक उदाहरणका रूपमा २०५६ सालको माध्यमिक शिक्षाको परिमार्जित पाठ्यक्रमलाई लिन सकिन्छ । त्यस वर्ष माध्यमिक तहमा स्वास्थ्य, जनसंख्या र वातावरण शिक्षालाई अनिवार्य विषयका रूपमा कार्यान्वयनमा ल्याइयो । तर विषयगत शिक्षक तथा भइरहेका शिक्षकको आवश्यक पेशागत विकास गर्ने कार्यक्रम आएन ।

सुधारको पाटो
. शैक्षिक परिवर्तन र शिक्षकको पेशागत विकास समानान्तर रूपमा लैजानु अत्यावश्यक छ । शिक्षक तयारी विनाको शैक्षिक परिवर्तन गर्ने अभ्यास तत्काल बन्द गर्नुपर्छ । हालसम्म हुँदै आएका पेशागत विकासका अभ्यासमा तत्काल परिमार्जन अत्यावश्यक छ ।
. शैक्षिक परिवर्तनमा (पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास) शिक्षकको भूमिका वृद्धि गरी परिवर्तनका लागि उनीहरूलाई नै बढी जिम्मेवार बनाउनु जरूरी छ ।
. शिक्षकले चाहेको, शिक्षक स्वयंले नेतृत्व गर्ने गरी शिक्षकको पेशागत विकास कार्यक्रम सञ्चालन गर्ने पद्धति स्थापित हुनुपर्छ ।
. शिक्षकलाई शैक्षिक परिवर्तनको योजना तयार गर्न, पाठ्यक्रम तथा पाठ्यसामग्री विकास गर्न, शिक्षण सिकाइ सामग्री विकास गर्न, कार्यमूलक अनुसन्धानमा आधारित शिक्षण सिकाइ सञ्चालन गर्न, सूचना सञ्चार तथा प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलाप व्यवस्थित गर्न अत्यावश्यक ज्ञान तथा सीप प्राप्त हुने गरी शिक्षकको पेशागत विकास कार्यक्रमलाई व्यवस्थित गर्नुपर्छ ।
. परम्परागत शैलीको हालको शिक्षक तालिमको सट्टा वैकल्पिक विधिहरू उपयोग गर्ने गरी पेशागत विकासका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । स्वअध्ययनमा आधारित, निरन्तर पेशागत छलफल तथा अन्तरक्रियामा आधारित, अनुसन्धानमा आधारित, सूचना सञ्चार तथा प्रविधिमा आधारित अनलाइन कोर्सहरूको व्यवस्था गरी पेशागत विकास गर्ने र हुने अवस्था सिर्जना गर्नुपर्छ ।
. शिक्षकको पेशागत विकासले मात्र गुणस्तरीय शिक्षण सिकाइ सुनिश्चित गर्दैन । विकसित सीप तथा दक्षताको सही सदुपयोग हुने वातावरण सिर्जना गर्नु पनि अत्यावश्यक छ । यसका लागि कक्षाकोठामा आधारित शिक्षण सहयोग पद्धति विकास गरी कार्यान्वयनमा ल्याउनुपर्छ ।
. हाम्रा विद्यालय तथा कक्षाकोठा आधुनिक शिक्षणका लागि उपयुक्त छैनन् । तिनमा पर्याप्त शैक्षिक सामग्रीको व्यवस्था र शिक्षकले चाहे अनुसारको शिक्षण सिकाइका लागि आवश्यक पर्याप्त बजेट व्यवस्था हुनु जरूरी छ । यसका लागि विद्यालय व्यवस्थापन तयार हुनुपर्छ ।

नेतृतवः

हेनरी मिन्टज्बर्ग भन्छन्, “नेतृत्व पढेको भरमा सिकिने विषय होइन । यो पौडी खेले झै गर्दै सिकिने कुरा हो ।”

नेतृत्व एउटा सामाजिक प्रक्रिया हो, जहाँ सामूहिक उद्देश्य प्राप्तिका निमित्त समूहलाई प्रभावित गर्ने र परिचालित गर्ने कार्य गरिन्छ ।’

यो भनाइले नेतृत्व अभ्यास हुनका निमित्त निश्चित शर्तहरू पूरा हुनुपर्नेतर्फ संकेत गर्द छ । खास गरी त्यहाँ एकभन्दा बढी व्यक्ति उपस्थित हुनु र ती व्यक्तिहरू निश्चित साझ उद्देश्यमा आवद्ध हुनु जरुरी हुन्छ । साझ उद्देश्य कसैले दिने भन्दा पनि त्यो सामाजिक अन्तरक्रियाका क्रममा तय गर्ने विषय हो भनेर बुझने हो भने– समूहले सं गठित हुने क्रममा साझ उद्देश्य निर्माण गर्छन्, र त्यही उद्देश्यले उनीहरूलाई आवद्धगराइराख्छ भत्रे अर्थ लगाउन सकिन्छ ।

सामाजिक अन्तरक्रियाको पनि एउटा परिवेश हुन्छ– कुनै काम वा समस्या हुन्छ, उपलब्ध स्रोतको उपयोग गरी त्यो समस्याको समाधान खोज्नुपर्ने हुन्छ– त्यसका निमित्त समूहलाई प्रभावित गर्ने , परिचालित गर्ने कार्य महत्वपूर्ण हुन आउँछ । यसैलाई नै नेतृत्वको परिवेश भनेर बुझन सकिन्छ । यो परिवेशमा विभित्र व्यक्तिले एकअर्कालाई प्रभावित गर्ने प्रयत्न गर्छन्– सामूहिक उद्देश्य प्राप्तिका लागि । एउटा वा केही व्यक्तिबाट उपाय खोज्ने, बाटो देखाउने काम हुन्छ र अरूले त्यसको पालना गर्छन् भनेर मान्दा ती व्यक्तिलाई अगुवा र अरूलाई अनुयायी भत्रुपर्ने हुन्छ । होइन– त्यस्तो प्रभाव विभित्र व्यक्तिबाट हुन सक्छ भन्दा नेतृत्वको सामूहिकता (Shared leadership) लाई स्वीकारेको अर्थ लाग्छ ।

नेतृत्वमा निम्न कुराहरु हुनु पर्छः

१.    निर्णय गर्न सक्ने क्षमता

२.    व्यावहारिक हुनु

३.    ठूलो सोच

४.    भावनात्मक बुद्धि

५.    डरको व्यवस्थापन

 

क्रियाकलाप नं १

सहाभागीहरुले प्रशिक्षकको निर्देशनमा पेशागत नेतृत्वको अबधारणा तयार गर्ने छन।

 

सन्दर्भ सामग्रीहरु

१.पाठ्यक्रम र मूल्याङ्कन, डा मन प्रसाद वाग्ले ।

२.शिक्षामा मापन तथा मूल्याङ्कन, स्वयं प्रकाश जबरा, चन्द्र बहादुर श्रेष्ठ, किरणराम रन्जितकार ।

३. शिक्षक पत्रिका २०७९

४. मागमा आधारित तालिम प्याकेज, केशवराज घिमिरे २०६५

 

समाप्त

 

 

Life span of a battery 50?

 एक चिनियाँ स्टार्टअपले नयाँ ब्याट्री विकास गरेको छ, जसले ५० वर्षसम्म चार्ज वा मर्मत नगरी पावर उत्पादन गर्ने दाबी गरिएको छ । द इन्डिपेन्डेन्...