Monday, June 28, 2021

नक्षत्र Stars

 नक्षत्र भनेको के हो ?

आकाशमा रहेका तारासमूहलाई नक्षत्र भनिन्छ। सामान्यतया नक्षत्र चन्द्रपथसँग सम्बन्धित हुन्छ, तर चन्द्रपथका अतिरिक्त आउने अन्य ताराहरूलाई पनि नक्षत्र नै भन्ने चलन छ। ऋग्वेदको एउटा प्रसङ्गमा सूर्यलाई पनि नक्षत्र भनिएको छ। अन्य नक्षत्र हरूमा सप्तर्षि र अगस्त्यको पनि चर्चा भेटिन्छ। नक्षत्रहरूको परिचय र सूची अथर्ववेद, तैत्तिरीय संहिता, शतपथ ब्राह्मण तथा लगधको वेदाङ्ग ज्योतिष आदि ग्रन्थमा प्राप्त हुन्छ। नक्षत्र सङ्ख्याका सम्बन्धमा विद्वानहरूमाझ मतमतान्तर पाइन्छ, तर ज्योतिषशास्त्रमा २७ वटा मुख्य नक्षत्रहरू र अभिजित ( उत्तराषाढा र श्रवणका मध्यभागमा अवस्थित) सहित २८ वटा नक्षत्र रहेको तथ्यलाई सबैले एकमतले स्वीकारेको पाइन्छ, ज्योतिषीय गणना पद्धतिमा भने केवल २७ वटा नक्षत्रको प्रयोग हुन्छ। चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्दा लाग्ने समयका आधारमा नक्षत्रको गणना गरिन्छ। एउटा नक्षत्र चार पाउमा विभाजित हुन्छ र प्रत्येक पाउसँग एकएकवटा अक्षर सम्बन्धित हुन्छन्। यस्ता नौ अक्षरहरू एउटा राशीभित्र समेटिएका हुन्छन। यिनै कुनै एउटा अक्षरबाट सनातन धर्मान्तर्गत नवजात शिशुको नामकरण गरिन्छ। यस प्रक्रियाबमोजिम बाह्र राशीका जम्मा १०८ वटा अक्षरले सबै मानिसको नाम जुर्दछ। यसप्रकार जातकको राशी पूर्वीय परम्परामा चन्द्रमाको आधारमा निर्धारण हुन्छ। तर पश्चिमी परम्परामा सायनसूर्यको गणनापद्धतिका आधारमा निर्धारण हुने चलन छ।  यी नक्षत्रहरू हुन्( अश्विनी, भरिणी, कृतिका, रोहिणी, मृगशिरा,आर्द्रा, पुनर्वसु,पुष्य(तिष्य), अश्लेषा, मघा, पुर्वफाल्गुनी,उत्तराफाल्गुनी, हस्ता, चित्रा, स्वाती,विशाखा,अनुराधा, ज्येष्ठा, मूल, पूर्वाषाढा, उत्तराषाढा, अभिजित, श्रवण, धनिष्ठा, शतभिषा,पूर्वाभाद्रपद, उत्तराभाद्रपद, रेवति । अश्विनी, अश्लेषा, मघा, ज्येष्ठा, मूल र रेवतीलाई गण्डमूल नक्षत्र तथा भरिणी, रोहिणी, मृगशीरा, अश्लेषा, ज्येष्ठा र मूललाई नागमूल नक्षत्र पनि भनिन्छ। यिनीहरूमध्ये अश्विनी, भरिणी, रोहिणी, मृगशीरा, मघा र रेवतीलाई सामान्य मूलसंज्ञक र अश्लेषा, ज्येष्ठा र मूल नक्षत्रलाई विशिष्ट मूल संज्ञक नक्षत्रका रूपमा लिइन्छ। यी मूलसंज्ञक नक्षत्रलाई हानिकारक नक्षत्रका रूपमा मानिन्छ।

Friday, June 25, 2021

सरको बोली

 च्वास्स घोच्ने सरको वोली चोर दिउँ जस्तो छ । 

स्कूल आउने वाटो पनि वार दिउजस्तो छ । 

 हिसाब गर्न गाह्रो लाग्छ विज्ञान कठीन छ । 


अंग्रेजीका शब्दहरू केर दिउँ जस्तो छ । 


सामाजिकका पाठहरू पढ्दिउँ जस्तोछ । 


नेपालीका कथाहरू सुन्दिउँ जस्तो छ । 


जनसंख्या पढ्दा खेरी हास्दिउँ जस्तो छ । 


च्वास्स घोच्ने सरको वोली चोरदिउँजस्तो छ ।

स्कूल आउने वाटो पनि वार दिउजस्तो छ ।




Saturday, June 19, 2021

Microteaching Marathon 2020

 माइक्रोटिचिङ्ग म्याराथनMicro Teaching Marathon २०२० 

माइक्रो टिचिङ्ग म्याराथन २०२० को कुरा गर्दा  “माइक्रो टिचिङ्ग” भनेको के हो ? यो कहाँबाट सुरु भयो । यि प्रश्नहरुको जवाफ आवश्यक रहन्छ । माइक्रोटिचिङ्ग (Micro Teaching) भनेको शिक्षकको तालिम र संस्था विकास गर्ने प्रविधि हो । यसको सुरुवात अमेरिकी विश्वविद्यालय स्टानफोर्डमा सन् १९६३ बाटDweight W Allenले सुरु गरेका थिए । नेपालमा कोभिड–१९ ले देश बन्दाबन्दी र विद्यालयहरु बन्द रहदाँ NNTA का राष्ट्रिय अध्यक्ष श्री लक्ष्मण शर्माको परिकल्पनाबाट NNTA Ilam ले सुरु गरिएका शिक्षक तालिम तथा प्रविधि तालिमलाई माइक्रोटिचिङ्ग म्याराथन २०२० भनिन्छ । जसको प्रमुख उद्देश्य शिक्षण विधि र Technology प्रयोगमा सरलता ल्याउन नै हो । लक्ष्मण शर्माले नै यसलाई व्यवस्थित रुपमा मेची देखि महाकाली सम्म पुर्याउनको लागि आयोजक NNTA जिल्ला समिति रहने र शिक्षण विधि र प्रविधिमा सहयोग गर्न पेडागोजिकल ब्युरो गठन गरी त्यसको प्रमुखमा म केशवराज घिमिरेलाई नियुक्ति गर्नु भएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनले शैक्षिक गुणस्तर कायम गर्न कार्य संचालनको सिलसिलामा शै.स २०७६ को अन्तमा कक्षा १–९ परीक्षा सकिए पछी एस.ई.ई २०७६ को परीक्षा सुरु हुनै लाग्दा कोभिड १९ को कारण विद्यालयहरु बन्द भए । देश वन्दावन्दीमा पुग्यो । नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिले ७७ वटै जिल्ला समितिहरु र ७ वटै प्रदेश समितिहरुलाई एस.ई.ई २०७६ परीक्षा हुन्छ भन्ने धारणामा वैकल्पिक विधिबाट आ–आफ्नो विद्यालयका  विद्यार्थीहरुलाई सिकाई सहजीकरण सुरु गराइयो । यसको सँगै सँगै शैक्षिक सत्र २०७७ सुरु भयो । विद्यालयहरुले शैक्षिक सत्र २०७६ को परीक्षाफल प्रकाशित गर्न टेलिफोन, रेडियो , एफ.एम, टि.भि, फेसबुक ब्लगहरु, वेबसाइट आदिको प्रयोग गरियो ।

वैकल्पिक सिकाइ सहजीकरण गर्ने कार्यहरुमा फेसबुक, वेबसाइट, भाइबर, मेसेन्जर ग्रुप, एफ.एम, टि.भि च्यानलहरुबाट  सुरु भयो । यसरी सहजीकरण हुँदा शिक्षणविधि प्रविधि, उपकरणहरु , एप्लिकेशनहरु कसरी प्रयोग गर्ने भन्ने कुराहरु राम्रो सँग जानकारी नहँुदा परेका कठीनाईहरुलाई समाधान गर्न ने.रा.शि.सं राष्ट्रिय समितिका अध्यक्ष श्री लक्ष्मण शर्माले पूर्व मेची देखि पश्चिम महाकाली सम्म शिक्षण विधि, प्रविधि, एप्लिकेशन कसरी सहज रुपमा प्रयोग गर्न कसरी सकिन्छ ? भन्ने कुरालाई ध्यान दिई ने. रा.शि.स. इलाम संग भच्र्युल मिटिङ सम्पन्न भयो । यस मिटिङमाNNTAइलामका अध्ययक्ष प्रकाश खनाल, सचिव लोक वहादुर थाम्सुहाङ, माई पोखरीNNTA अध्यक्ष खेम लिम्बु, म केशव राज घिमिरे र राष्ट्रिय समिति अध्यक्ष श्री लक्ष्मण शर्मा को निर्देशनमा माइक्रो टिचिङ म्यराथन २०२० नामाकरण र यसका उद्देश्य र कार्यविधि निर्माण गरियो । यस कार्य विधि निर्माण क्रममा पेडागोजिकल ब्युरो गठन गरियो । यस ब्युरोको अध्यक्षको रुपमा मैले काम गर्ने अवसर प्राप्त गरे ।

सबै भन्दा पहिले वि.स. २०७७ अषाढ ४ गतेबाट विधिवत रुपमा “माइक्रो टिचिङ्ग २०२०” को उदघाटन  रा.स. अध्यक्ष श्री लक्ष्मण शर्माज्यूबाट सम्पन्न भयो । यस क्रममा लक्ष्मण शर्माज्यूबाट

नमूना कक्षा प्रस्तुति गर्नु भयो । दैनिक रुपमा ३ वटा १५ मिनेटको माइक्रो टिचिङ म्याराथन २०२० का कक्षाहरु संचालन भयो । जसमा एउटा माइक्रो टिचिङ पछि ३ जना समिक्षकहरुले पृष्ठपोषण दिने कार्य सुरु गरियो ।

यसमा सबै भन्दा पहिले इलामNNTA को ७ दिने कार्यक्रमको पूर्ण सफलता पछिNNTAमोरङमा माइक्रोटिचिङ म्याराथन २०२० संचालन गरियो । यस पछी झापाNNTA ले जिम्मा पायो । यसक्रममा पेडागोजिकल टिममा दुईजना साथीहरुलाई समावेश गरियो जसमाNNTA झापाका उपाध्यक्ष द्रोण श्रेष्ठ र  मोरङका सह–सचिव रिता पाठकलाई थपि हामी ३ जनाले दैनिक प्रस्तुत हुने नमूना कक्षाहरु करीब २ घण्टा विहान र २ घण्टा बेलुका तयारी गर्ने कार्य सुरु भयो । 

तयारी कक्षाहरुमा प्रस्तुत गर्ने एप्लिकेशन, फन्टको साइज, समय, ध्वनि, रँग, स्लाइडका संख्या ब्याक ग्राउण्ड, भिडियो आदि कसरी व्यवस्थापन गर्ने कुरा स्पष्ट सिकाउने प्रयास गरियो । यि सबै सिङक्रोनान विधिहरु थिए । यसमा विद्युत, इन्टरनेट, गजेट, समयका समस्याहरु आउने गर्द थे । म विद्यालयको प्रधानाध्यापक र ने.रा.शै.सं गण्डकी प्रदेशको वरिष्ठ उपाध्यक्षको हैसियत मेरो विद्यालय खैरेनी मा.वि.मा कक्षा १ देखि कक्षा १२ सम्मका अनलाइन कक्षाहरु संचालन भइरहेको र विभिन्न जिललाका शिक्षक साथीहरुलाई जुमवाट कसरी कक्षा संचालन गर्ने भन्ने सहयोगी भच्यर्अुल कक्षाहरु संचालन गराइएकाले अनुभवहरु बढदै गए ।

जुमबाट कक्षा लिदा कक्षा छुटेका, समय नमिलेका, गेजेट नपाएका विद्यार्थीहरु लाई कसरी सहयोग गर्न सकिन्छ ? भन्ने कुराले धेरै नै समस्गाहरु थिए । जब फ्युज मेसिन नेपालका प्रमुख पराग श्रेष्ठ सँग भच्र्युअल कुराकानी हुने अवसर प्राप्त भयो । फ्युज मेसिन  नेपालले शैक्षिक प्लेटफर्म उपलब्ध गराए पछि मेरो विद्यालय श्री खैरेनी मा.वि. शुक्लागण्डकी–६ पूर्ण रुपमा सिङक्रोनस र एसिङक्रोनस विधिमा संचालन भयो । जसमा सूचना, परीक्षा,गृहकार्य परीक्षाफल अनलाइनमा नै हुने अवसर प्राप्त भयो । यसको अनुभवले मलाई पेडागोजिकल व्युरो प्रमुख भई काम गर्ने क्रममा धेरै अनुभवहरु प्राप्त भए । यही क्रममा पाल्पा वाट श्री गोपाल प्रसाद वास्याल –तालिम प्रमुख, पाल्पा) र रुपन्देहीका शिक्षक श्री यज्ञ सापकोटालाई पेडागोजिकल व्युरोमा थपी ५ सदस्य बन्यो । हाम्रो काम ल्ल्त्ब् जिल्ला समितिहरुलाई उत्प्रेरणा दिने र माइक्रोटिचिङका डमी कक्षाहरु संचालन र सुधार गर्दै जाने क्रममा जिल्लाका धार्मिक, पर्यटकीय, शैक्षिक  नमूनाहरु प्रस्तुत गर्ने गरिन्थ्यो । यस क्रममा ने.रा.शि.स. राष्ट्रिय समितिले १००० क्षमताको जुम खरिद गरि आर्थिक जिममा लिएको थियो ।माइक्रो टिचिङ म्याराथन २०२० संचालन गर्ने नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिहरु निम्न रहेका छन् ः

१. इलाम

२. मोरङ

३. झापा

४. पाल्पा

५. रुपन्देही

६. बाँके

७. कास्की

८. सुर्खेत

९. कपिलवस्तु

१०. चितवन

११. रौतहट

१२. काभ्रे

१३. सिन्धुपाल्चोक

१४. धादिङ

१५. कन्चनपूर


माइक्रो टिचिङ म्याराथन २०२० जम्मा १०४ दिन संचालन हुदा  सिकिएका पाठहरुलाई निम्न ४ वुँदामा प्रस्तुत गरेको छु ।

१. शिक्षकलाइ डिजिटल तालिम

२. विद्यार्थीहरुलाई डिजिटलाइजेशन

३. शिक्षक विद्यार्थी र अभिभावकहरुको भूमिका  परिवर्तन

४. पाठ्यक्रमको संकुचन

शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विभाग शिक्षा विकास तथा समन्वय एकाई, नगर शिक्षा शाखा गाँउ शिक्षा शाखा, शैक्षिक तालिम केन्द्रहरु आदिले अनलाइन कक्षा कसरी संचालन गर्ने भन्ने तालिम विना शिक्षकले सो कार्य कसरी गर्न सक्छन् ? यसलाई मूर्तरुप दिन NNTAले चलाएकोMTM2020 ले शिक्षक लाई डिजिटल तालिम दिन सक्षम रहेको छ । दोश्रो बँुदा भने छलफल भएता पनि विद्यार्थीलाई डिजिटलाइजेशन गराउन धेरै कठीनाइ भयो । खैरेनी मा.वि.ले शिक्षकहरुलार्य ६ वटा ग्रुपमा विभाजन गरी २४ वटा स्थानहरुमा हप्तामा ३ दिन पठाई विद्यार्थीहरुलाई डिजिटल शिक्षा र अभिभावकलाई भूमिका परिवर्तन र विद्यार्थीको पनि भूमिका भिन्न हुने जानकारी दिदै उपकरण नहुनेलाई प्रतिवेदनात्मक शिक्षण सिकाइ सुरु गरियो ।NNTA ले आफ्नो पहलमा तोकिएको समयमा शैक्षिक सत्र पूरा गर्न र शिक्षण सिकाई क्रियाकलापहरु संचालन गर्ने भन्ने कार्यहरु भएका छन् । 

अन्तमाMTM2020 ले हरेक विद्यालयलाई क्ष्ऋत् मैत्री वनाउने कार्यको लागि निम्न ४ कार्यहरु पूरा गर्नु पर्दछ भन्ने शिक्षा दिएको छ ।

१. लागतको व्यवस्था Total cost

२. भौतिक संरचना निर्माण Physical Infrastructure

३. विज्ञ÷शिक्षकहरु विकास Development of experts

४. प्राविधिक सहयोग – Technical Support

 सक्रिय जनशक्तिहरुले आ–आफ्नो विद्यालयमा गाँउ शिक्षा र नगर शिक्षा मार्फत सूचना तथा संचार प्रविधि प्रयोग गरी कक्षा संचालन गर्ने र कोभिड–१९ जस्ता महामारीमा भच्र्युअल स्कुल संचालन गर्न सकिन्छ । यसको बलियो प्रमाण खैरेनी मा.वि को Fuse Classroom हो । 

नेपाल राष्ट्रिय शिक्षक संगठन,  जिन्दावाद ।

शिक्षक एकता ,जिन्दावाद ।



Life span of a battery 50?

 एक चिनियाँ स्टार्टअपले नयाँ ब्याट्री विकास गरेको छ, जसले ५० वर्षसम्म चार्ज वा मर्मत नगरी पावर उत्पादन गर्ने दाबी गरिएको छ । द इन्डिपेन्डेन्...